खान्दानी दलीय रङ्गहरूको मिसावट हो खैरो र कालोसूची !
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - नेपालमा कोरोना भाइरस (कोभिड-१९) सँगै औलो रोगको प्रकोप पनि बढ्ने खतरा देखिएकाे छ ।
कोरोनाको सङ्क्रमण फैलिन नदिन भन्दै क्वरेण्टीनमा राखिएका व्यक्तिहरुमा परीक्षण गर्दा औलोको लक्षण पनि देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गर्मीयाम बढेसँगै औलोको लक्षण पनि देखिन थालेकोले व्यक्तिगत तथा वातावरणीय क्षेत्रकाे सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत आग्रह गर्नुभएको छ ।
विश्वमा औलो रोगका कारण औसत दुई मिनेटमा एक जना बालबालिकाको ज्यान जाने गरेको छ । यो समयमा विशेषगरी गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान पुर्याउन पनि प्रवक्ता देवकोटाले आग्रह गर्नुभएको छ ।
शनिबारसम्ममा १४ हजार सात सय ७१ जना विभिन्न क्वरेण्टीनमा रहेका छन् ।
देशभर ४९ हजार ३ सयको कोरोना परीक्षण
देशभर ४९ हजार तीन सय ३६ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
९ हजार ६ सय ६६ जनाको पीसीआर विधिमार्फत र ३९ हजार ६ सय ७० जनाको र्यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) मार्फत परीक्षण गरिएको प्रवक्ता देवकोटाले बताउनुभयो । काठमाण्डौमा तीन जना र कामठमाण्डौबाहिर ८४ जना गरी ८७ जना आइसोलेशनमा रहेका छन् ।
यस्तै मोबाइल एप्लिकेशनमार्फत अहिलेसम्म २६ हजारभन्दा धेरैले आफ्ना जिज्ञासा राखेका छन् । उनीहरुमध्ये तीन जनामा कोरोनाको शङ्का गरिएको छ ।कोरोना सङ्क्रमित ४९ जनामध्ये १२ जना निको भएर घर फर्किएका छन् भने बाँकी ३७ जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।