खोटाङमा हाेम क्वरेण्टीन उल्लङ्घन गर्ने दुई युवती नियन्त्रणमा

 बैशाख १३, २०७७ शनिबार २०:३०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - खोटाङमा होम क्वरेण्टीन उल्लङ्घन गर्ने दुई युवतीलाई प्रहरीले नियन्त्रण लिएकाे छ । होम क्वरेण्टीनमा बस्ने शर्तमा काठमाण्डौबाट शुक्रबार घर आइपुगेका हलेसी तुवाचुङ नगरपालिका ८ का दुई जना युवती घरबाहिर डुलिरहेको अवस्थामा नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएको छ । 

१४ दिनसम्म होम क्वरेण्टीनमा बस्ने शर्तमा कबुलियतनामा गरेर जयरामघाट नाकाबाट नगरपालिका प्रवेश गरेका युवती धितुङबाट हलेसी जाँदै गरेको अवस्थामा शनिबार प्रहरीले नियन्त्रणमा लिएकाे मेयर इवन राईले बताउनुभयो । 

होम क्वरेण्टीनमा बस्ने कागजात गरेर गाउँ आए पनि घरबाहिर निस्केको पाइएपछि नियन्त्रणमा लिइउकाे प्रहरीले जनाएको छ । होम क्वरेण्टीन उल्लङ्घन गर्ने युवतीलाई गाउँकै क्वरेण्टीनमा राख्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । 

लकडाउनका कारण काठमाण्डौमा समस्यामा परेका नगर क्षेत्रभित्रका एक हजार दुई ६७ जनालाई नगरपालिकाले बिहीबार र शुक्रबार २५ वटा बस रिजर्भ गरेर घर फर्काएको थियो ।

होम क्वरेण्टीनमा बस्ने कबुलियतनामा उल्लङ्घन गर्ने स्थानीयलाई प्रहरीमार्फत नियन्त्रणमा लिएर क्वरेन्टीनमा लगेर राखिने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयाे ।  

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया