स्वास्थ्य मन्त्रालयललाई स्वास्थ्य सामग्री सहयोग

 वैशाख १४, २०७७ आइतबार १२:४४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ‘द इन्टरनेशनल एसोसिएशन अफ् लायन्स क्लब’ले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।

क्लबले आइतबार मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई ५७ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको हो । स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सबै सहयोगी मनहरुको साथ र सहयोगका कारण नेपालले कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा सफलता पाउँदै गएको बताउनुभयो ।

उहाँले सरकार, राजनीतिक दल, नागरिक समाज, सामाजिक सङ्घ संस्थालगायत सबै पक्षको साझा अभियानका कारण नेपाल कोभिड–१९ विरुद्धको लडाइँमा सफल हुँदै गएको बताउनुभयो । अप्ठ्याराे परेको बेला राज्यसँग सँगै छौँ भन्ने अभियानको कारणले गर्दा नै विश्व स्वास्थ्य सङ्गठनले पनि नेपाललाई उच्च जोखिम भएको देशबाट हटाएको बताउनुभयो ।

उहाँले सबैको सहयोग मिलेको कारण अहिले उपचार र स्वास्थ्य सामग्रीहरुको विषयमा पनि चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

लायन्स क्लबले मन्त्रालयलाई दुई हजार सेट पीपीई, पाँच हजार थान एन ९५ मास्क (मुखावरण), सर्जिकल ग्लोब्स पाँच हजार थान र एक्जामिनेशन ग्लोब्स २० हजार थान उपलब्ध गराएको छ । यसबाहेक पनि क्लबले विभिन्न स्वास्थ्य संस्थाहरुलाई सहयोग गर्दै आएको, विभिन्न ठाउँमा अलपत्र परेकाहरुलाई खाद्यान्न एवं अत्यावश्यक सामग्रीहरु उपलब्ध गराउँदै आएको जनाएको छ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया