चीनले यी व्यवहारमा लगायाे प्रतिबन्ध, नसुधार्नेलाई जरिबाना

 वैशाख १४, २०७७ आइतबार १३:४५:० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनले सरसफाइलाई अझ महत्त्व दिँदै असभ्य क्रियाकिलाप र व्यवहारमा प्रतिबन्ध लगाएको छ । जसका अनुसार बिना हात वा कुनै रुमाल र टिस्यु पेपर खोक्न वा हाच्छिउँ गर्न प्रतिबन्ध लगाएको छ । 

कोरोना भाइरस (कोभिड १९) को महामारीका बीच सरसफाइ बनाइ राख्ने उद्देश्यसहित निकालिएको नियमावलीमा यी कुरा पनि समेटिएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार सार्वजनिक ठाउँलाई सुरक्षित बनाइ राख्ने उद्देश्यले यो कदम उठाइएको हो । 

यो नियम लागू गर्नुको पछाडि मानिसहरुलाई सभ्य व्यवहारप्रति प्रोत्साहित गर्नु हो । साथै यसलाई कोरोना भाइरसको महामारीसँग पनि जोडेर हेरिएको छ, चीनमा अहिलेसम्म ८२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ । 

यो नियमको उल्लङ्घन गर्नेले जरिबाना तिर्नुपर्नेछ । यसका साथै सार्वजनिक ठाउँमा मास्क नलगाउने (यदि ऊ अस्वस्थ छ भने) पनि जरिबाना तिर्नुपर्ने हुन्छ । यी नियममा एकअर्काबीच एकदेखि दुई मिटरसम्मको दुरी राख्न पनि भनिएको छ । 

मानिसहरुलाई सफा कपडा लगाउन र शर्टलेस (नाङ्गो जीउ) नघुम्न भनिएको छ । बेइजिङमा यसअघि नै असभ्य मानिने व्यवहारहरु– थुक्न, फोहर यता–उता फ्याक्न, कुकुरलाई खुला छोड्न, अग्लो भवनबाट सामान फ्याक्न, खुला ठाउँमा शौच गर्न र धुम्रपान गर्नेलाई लिएर कडा नियम बनाएको छ । 

यो कानुनले सामाजिक रुपमा क्षति पुर्‍याउनेलाई पनि गम्भीर अपराधको रिपोर्ट गर्न प्रहरीलाई प्रोत्साहित गर्छ ।   

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया