खान्दानी दलीय रङ्गहरूको मिसावट हो खैरो र कालोसूची !
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - चिनियाँ पर्यटकहरुले लकडाउनका कारण नेपालमै अलपत्र परेको भन्दै आफ्नो देश जाने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
चिनियाँ पर्यटकहरु आफूहरु आफ्नो घर फिर्ता हुन पाउनुपर्ने भन्दै काठमाण्डौको भृकुटीमण्डपमा रहेको पर्यटन बोर्ड पुगेका हुन् । २५/३० जनाको संख्यामा रहेका चिनियाँ पर्यटकहरुले ‘हामी घर जान चाहन्छौँ’ लेखिएका ब्यानर बोकेर पर्यटन बोर्ड पुगेका हुन् ।
उनीहरुले चीन जानका लागि कुनै पनि उडान नभएको र आफूहरुलाई नेपाल छाड्न कुनै पनि विकल्प नभएकोले अलपत्र परेको बताएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन लागू गरेपछि उनीहरु स्वदेश फिर्ता हुन नपाएका हुन् ।
कोभिड-१९ को महमारी फैलन सक्ने अवस्थालाई ध्यानमा राखेर चिनियाँ सरकारले नेपालमा कुनै पनि चार्टर उडान अनुमति दिन नचाहेकाले पहल गरिदिन आग्रह गर्न उनीहरु नेपाल पर्यटन बोर्डको कार्यालय पुगेका हुन् ।
यस्तै चिनियाँ दूतावासले पनि घर फिर्ताका लागि कुनै पनि व्यवस्था नगरी होटलमा नै सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
उनीहरुले नेपालका विभिन्न ठाउँमा ४ सयभन्दा बढीको संख्यामा रहेका चिनियाँ पर्यटकहरु अलपत्र परेको बताएका छन् । त्यसमध्ये केही गर्भवती महिलासमेत रहेको उनीहरुले बताए । यस्तै केही विद्यार्थीहरु रहेको र उनीहरुको कलेज छुटेको समेत उनीहरुले बताए ।
दुई चिनियाँ एयरलाइन्सहरुले आउटबाउन्ड उडान अनुमति पाए चिनियाँ नागरिकलाई लैजान तयार रहेको बताउँदै ती उडानहरु सञ्चालन हुने व्यवस्था मिलाइदिन उनीहरुले आग्रह गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।