कोरोना सङ्क्रमित थप चारजना उपचारपछि निको

 बैशाख १४, २०७७ आइतबार १६:४९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  नेपालमा थप ४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

वीरगञ्जमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका चारजना सङ्क्रमित निको भएर असपतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

जना भारतीय नागरिकमा गएको चैत ३० गते तथा रौतहटका एक जनामा वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसहित नेपालमा कोरोना सङ्क्रमित ५१ जनामध्ये १६ जना उपचारपछि निको भएका छन् ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया