प्रहरीले उजुरी लिन मानेन, कानुनी शासन हराएको नेताहरुको टिप्पणी

 वैशाख १४, २०७७ आइतबार १७:४८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र कुमार यादवलाई अपहरण गरेको आरोपमा प्रहरीले सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी लिन अस्विकार गरेको छ ।

यसअघि राजपाका नेता केवश झा ले प्रहरीले उजुरी लिइसकेको उज्यालो अनलाइनसँग बताएपनि प्रहरी उजुरी नलिएको भन्दै नेताहरु फर्किएका छन् ।

उजुरी दर्ताको लागि डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका शिर्ष नेता महानगरीय प्रहरी परिसर टेकुमा पुगे पनि प्रहरीले महोत्तरीमा उजुरी दर्ता गर्न सुझाव दिँदै उजुरी नलिने भनेको थियो । नेताहरु झण्डै एक घन्टा बस्दा पनि प्रहरीले उजुरी नलिने भनेपछि नेताहरु फर्किएका छन् ।

आफुहरु पुग्ने सूचना पाएलगत्तै परिसरका प्रमुख एसएसपी श्याम ज्ञवाली बाहिरिएको र त्यहाँ रहेका एसपीले मुद्दा लिन नमानेको नेता विश्वदिप पाण्डेले जानकारी दिनुभयो । 

प्रहरीले उजुरी लिन नमानेपछि नेता बाबुराम भट्टराईले ट्विटरमा भन्नुभएको, ‘ यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने र?

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया