ब्याज भुक्तानीमा सहुलियत दिइने, कोरोना प्रभावित व्यवसायलाई दिने ऋणमा सहजीकरण गरिने

 बैशाख १४, २०७७ आइतबार १८:४३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको ब्याजमा पनि सहुलियत दिने भएको छ । 

नेपाल राष्ट्र बैंकको ६५ औं वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले वक्तव्य जारी गरेर चौथो त्रैमासिकमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने जनाउनुभएको हो । 

कोभिड-१९ बाट बढी प्रभावित क्षेत्रलाई चालु पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइने भएको छ । 

साना तथा मझौला उद्योग, पर्यटन र कोभिड-१९ को प्रभाव अत्याधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी यस बैंकबाट प्रदान गरिने पुर्नकर्जा सहज ढङ्गले प्रवाह गर्न पुर्नकर्जा कार्यविधिमा संशोधन गरिने पनि गभर्नर अधिकारीले जानकारी दिनुभयो । 

यस्तै ६० अर्ब रुपैयाँको अहिलेको पुर्नकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्थासमेत मिलाइने बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गरिने भएको छ । 

कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुर्न:तालिकीकरण वा पुर्नसंरचना  गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने भएको छ । 

 लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाइने पनि राष्ट्र बैंकले जनाएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया