खान्दानी दलीय रङ्गहरूको मिसावट हो खैरो र कालोसूची !
फागुन ११, २०८१ आइतबार
संखुवासभा - खाँदबारी नगरपालिकाले जिल्ला बाहिर रहेका आफ्ना नागरिकहरुलाई घर फर्काउने भएको छ ।
आइतबार खाँदबारी नगरपालिकाका सरोकारवालाहरुको सर्वदलीय बैठकबाट यस्तो निर्णय गरिएको हो ।
बैठकमा नेकपाका जिल्ला अध्यक्ष हेमराज घिमिरे, नेपाली कांग्रेस जिल्ला सभापति दीपनकुमार श्रेष्ठ, संखुवासभा उद्योग वाणिज्य संघ, चेम्बर्स अफ कमर्स, पत्रकार महासंघका पदाधिकारीहरु, नागरिक समाज, जनप्रतिनिधी लगायत सकोरकारवालाहरुको बैठकले जिल्ला बाहिर रहेका संखुवासभाबासीहरुलाई उनीहरुको अवस्था हेरेर जिल्ला भित्राउन पहल गर्ने निर्णय गरेको हो ।
बैठकले अतिआवश्यक परेकाहरुलाई जिल्ला फर्काउन नै उत्तम हुने तर कोरोना भाइरस रोकथामका लागि भइरहेका न्यूनतम मापदण्डहरु पूरा गरेपछि मात्रै घर जान दिने निर्णय गरेको खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले बताउनुभयो ।
उहाँले नगरपालिका भित्रका टोल बिकास संस्था, छिमेकी र वडा कार्यालयले आफ्नो टोलभित्रका नागरिकहरु कुन ठाउँमा कस्तो अवस्थामा अलपत्र अवस्थामा रहेको छ भनी लागत संकलन गर्ने त्यसपछि मात्रै नगरपालिकाको स्वीकृति लिएर उनीहरुलाई जिल्ला फर्काउन पहल गरिने निर्णय भएको खाँदबारी नगरपालिकाका मेयर खतिवडाले बताउनुभयो ।
‘जिल्ला बाहिर कुन ठाउँमा छ यकिन गर्ने, त्यसपछि उनीहरुको अवस्था हेरेर र कुन ठाउँबाट उद्धार गर्नुपर्ने हो । जिल्ला भित्रने नाकामा चेकजाँचको प्रक्रिया पूरा गरी क्वारेन्टाइनमा न्यूनतम १४ दिन राखेर मात्रै घर जाने दिने निर्णय गरेका छौ’, मेयर खतिवडाले भन्नुभयो ।
खाँदबारी नगरपालिकाका साथै जिल्लाका १० वटै पालिकाहरुले आफ्नो नागरिकहरुलाई घर फर्काउनका लागि लागत संकलन गर्ने काम भइरहेको जनाएको छ ।
लामो समयको लकडाउन पछि संखुवासभा जिल्लाका खाँदबारी नगरपालिका, सिलिचोङ गाउँपालिका र धर्मदेवी नगरपालिकाका करिब दुई जना जति जिल्लाबासीहरु बाटोमा फर्किँदै गरेको बुझिएको छ ।
त्यसका साथै गएको शुक्रबार मात्रै धर्मदेवी नगरपालिकाका १९ जना स्थानीयहरु घर आइपुगेका थिए । उनीहरुलाई सम्पूर्ण जाँच पछि होम क्वारेन्टाइनमा बसिरहेको पालिकाले जनाएको छ ।
अहिलेसम्म सदरमुकाम खाँदबारीमा रहेको क्वरेण्टीनमा सिन्धुपाल्चोकबाट फर्किएका ४ जनालाई राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।