च्याम्पियन्स ट्रफी : भारतसँगको खेलमा पाकिस्तान पहिला ब्याटिङ गर्दै
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - नेपालको निजी क्षेत्रको एअरलाइन्स हिमालय एअरलाइन्स चीनको ग्वान्झाउ उडेको छ ।
मेडिकल सामग्री लिन निजी क्षेत्रले चाटर्ड गरेको जहाज आइतबार बेलुकी पाँच बजेर २१ मिनेटमा ग्वान्झाउको लागि उडेको हो ।
जहाज आजै राति १२ बजे चीनको ग्वान्झाउको बाइयुन अन्तरराष्ट्रिय विमानस्थल पुग्ने तालिका रहेको छ भने मेडिकल सामाग्री लिएर सोमबार बिहान साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको तालिका रहेको छ ।
जहाजले मेडिकल उपकरण, टेस्टिङ किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क, पञ्जा लगायत अन्य औषधिजन्य सामाग्री ल्याउनेछ ।
‘महिना दिन लामो लकडाउनपछि यात्री उडान बन्द भइसकेपछि पहिलो पटक मेडिकल सामाग्री ल्याउन स्विकृती पाइएको छ । जुन हाम्रो लागि स्वागतयोग्य अवसर हो । हामी यस उडानलाई मेडिकल आपूर्तिहरू ल्याउनको लागि एक अत्यावश्यक सेवाको रूपमा संचालन गर्न पाउँदा खुसी छौँ ’ एअरलाइन्का उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो ।,
नेपाल-चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो। एअरलाइन्स्ले आफ्नो स्वामित्वमा रहेका चारवटा जहाजमार्फत दसवटा गन्तव्य स्थानमा उडान गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।