बालिका हत्या प्रकरण : घटनाको अनुसन्धानका लागि सीआईबीको टोली महेन्द्रनगरमा

 साउन १४, २०७५ सोमबार ५:५१:२८ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर - कञ्चनपुरको उल्टाखामकी १३ वर्षिया बालिकाको बलात्कार पछि हत्याको घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली महेन्द्रनगर पुगेको छ । 

हत्याको चौतर्फी विरोध भएपछि घटनाको अनुसन्धान गर्न सीआईबीको टोली आइतबार महेन्द्रनगर पुगेको हो । प्रहरी नायव उपरीक्षक अगुंर जिसीको नेतृत्वमा तीन जनाको टोली महेन्द्रनगर आएको कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले जानकारी दिनुभयो । उहाँले टोलीले कञ्चनपुर प्रहरीसँग समन्वय गरेर घट्नाको अनुसन्धान गर्ने बताउनुभयो । 

टोलीमा एकजना प्रहरी निरीक्षक र एकजना प्रहरी नायव निरीक्षक रहेका छन् । बालिकाको हत्या भएको चारदिन बितिसक्दा समेत अपराधी पहिचान हुन नसकेपछि महेन्द्रनगर तनावग्रस्त भएको छ । घटनामा प्रहरीले सक्रियता नदेखाएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । 

प्रहरीले प्रारम्भिक अनुसान्धानका लागि केहि व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सोधपुछका लागि लागि ल्याएपनि सबै कुरा अहिले नै भन्न नमिल्ने प्रहरी प्रमुख विष्टले बताउनुभयो । 

‘हामीले घटनाको प्रारम्भिक अनुसन्धान गरिरहेका छौ’, प्रहरी प्रमुख विष्टले भन्नुभयो ‘शंकास्पद केही व्यक्तिसँग सोधपुक्ष पनि भइरहेको छ । छिट्टै अपराधी पत्ता लाग्छ ।’   घटना भएलगत्तै आन्दोलन शुरु भएकाले अनुसन्धानमा केही असहज भएको प्रहरीको भनाई छ ।

आइतबार पनि अस्पताल परिसर दिनभर तनावग्रस्त रह्यो । पीडित परिवारले शव उठाएर दाहसंस्कार गर्ने तयारी गरेपनि स्थानीय र आन्दोलनकारीले भने शव उठाउन नदिएपछि अस्पताल परिसर दिनभर तनावग्रस्त भएको हो । 

पीडित परिवारले घट्नाको सत्यतथ्य सार्वजनिक हुुनुपर्ने, घट्ना भएको क्षेत्रमा प्रहरी बिट राख्नुपर्र्ने र राहत तथा क्षतिपूर्ति दिइनुपर्ने माग गरेका थिए । यसअघि शनिबार बसेको स्थानीय प्रशासन, पीडित पक्ष र प्रहरी प्रशासनले माग पुरा गर्ने सहमति गरका थिए ।

तर, स्थानीय र आन्दोलनकारीले भने मेडिकल रिपोर्ट र डीएनए रिपोर्ट नदेखाएसम्म शवको दाहासंस्कार गर्न नदिने अडान लिएपनि आइतबार पनि बालिकाको अन्त्येष्टि हुन सकेन । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया