होन्डाले सेवा अवधि थप्यो

 बैशाख १५, २०७७ सोमबार १०:२९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालका लागि होन्डा मोटरसाइकल, कार तथा पावर प्रोडक्टको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले लकडाउनमा नियमित सर्भि्सिङ गर्न नपाएका र वारेन्टीकै समयमा मर्मत गर्न नपाएका ग्राहकहरुलाई विशेष सेवा दिने भएको छ ।

लकडाउनको समयमा होन्डाको ग्राहकको गाडी तथा मोटरसाइकलको सर्भिसिङ र वारेन्टीको समयसीमा नाघेकाका लागि लकडाउन खुलेको मितिपछि १ महिनासम्म यो सुविधा दिने भएको हो । यो समय सम्म वारेन्टी वापत आफ्नो गाडीको मर्मत गर्न सकिने कम्पनीले जनाएको छ ।

 

कम्पनीले लकडाउनको समयमा घरमै रहेर सुरक्षित रहन पनि सबैमा आग्रह गरेको छ ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया