दाङको सामुदायिक वनमा फेला परेको ‘मोर्टार बम’ नेपाली सेनाद्वारा डिस्पोज

 वैशाख १५, २०७७ सोमबार ११:१७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङको एउटा सामुदायिक वनमा फेला परेको ‘मोर्टार बम’ नेपाली नेपाली सेनाले डिस्पोज गरेको छ ।

देउखुरीको राप्ती गाउँपालिका-१ मा रहेको रामजहरी सामुदायिक वनमा फेला परेको बम घोराहीबाट गएको सेनाले डिस्पोज गरेको हो ।

टुइञ्च मोर्टारमा लाग्ने (यूएसओ)बम आइतबार दिउँसो घोराहीको रिपुमर्दन गणको टोलीले डिस्पोज गरेको दाङ जिल्ला प्रहरी प्रव सुमित खड्काले जानकारी दिनुभयो ।

मेलापातका लागि जंगल गएका स्थानीय महिलाहरुले बमजस्तो वस्तु देखेपछि इलाका प्रहरी कार्यालय भालुवाङलाई  खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर हेर्दा बवस्फोट नभएको बम देखेपछि घोराहीबाट डिस्पोजका लागि नेपाली सेनालाई बोलाएको थियो ।  

नेपाली सेनाको बम डिस्पोज टोलीले बम डिस्पोज गरेको डिएसपी खड्काले जानकारी दिनुभयो।  बम लगभग जीर्ण अवस्थामा फेला परेको हुँदा तत्कालीन युद्धका क्रममा छोडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया