च्याम्पियन्स ट्रफी : भारतसँगको खेलमा पाकिस्तान पहिला ब्याटिङ गर्दै
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – नेपाल एअरलाइन्सको बिहीबार दक्षिण कोरियाको लागि हुने उडान स्थगित भएको छ ।
नेपाल एअरलाइन्सले नेपाली कामदार लिएर बिहीबार दक्षिण कोरियाको इन्चोन विमानस्थल जाने तालिका बनाएको थियो । तर कोरिया सरकार गैरआवासीय नेपाली सङ्घ एनआरएनए ले सबै नेपालीको बृहत् स्वास्थ्य जाँचपछि मात्रै पठाउन अनुरोध गरेकाले उडान स्थगित भएको नेपाल एअरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।
अब सबै यात्रुको बृहत् स्वास्थ्य जाँच हुनेछ र कुनै कैफियत नदेखिएका नेपाली मात्रै जान पाउनेछन् । कोरियन भाषा परीक्षा (ईपीएस) पास गरेका नेपाली कामदारलाई भित्रन दिन कोरिया सहमत भएपछि सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपालीहरु कोरिया जान सक्ने निर्णय गरेको थियो ।
स्थगित भएको बिहीबारकाे उडानको अर्को तालिका छिटै सार्वजनिक हुने पनि प्रवक्ता खड्काले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।