महिला सशक्तिकरण र लैङ्गिक समानता प्रवर्द्धन गर्न राकुटेन भाइबर र यूएन विमनबीच सहकार्य

 वैशाख १७, २०७७ बुधबार १५:३९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फोटो स्रोत : ट्विटर

काठमाण्डौ - यूएन विमन नेपाल र राकुटेन भाइबरले नवीनतम प्रविधियुक्त मञ्चको उपयोग गर्दै लैङ्गिक समानता र महिला सशक्तिकरण प्रवर्द्धन गर्नका लागि साझेदारी गर्न अग्रसर भएका छन् । 

सूचना र जानकारीहरु आदान प्रदान गर्ने एक साझा मञ्च र नेपाललगायत अन्यका भाइबर प्रयोगकर्ताहरुलाई जोड्ने आवश्यकतालाई दृष्टिगत गर्दै साझेदारीअन्तर्गत भाइबर ‘कम्युनिटी’ र दुईवटा स्टिकर प्याकहरु पनि प्रस्तुत गर्ने लक्ष्य रहेको छ । 

भाइबर ‘कम्युनिटी’ले एउटा अनलाइन स्थान सञ्चालन गर्नेछ, जहाँ आफ्नो रुचिमा आधारित रहेर मानिसहरु नजिकिन सक्दछन् । 

नयाँ कम्युनिटीमार्फत तस्विर, इन्फोग्राफिक्स र भिडियोहरुको प्रयोग गरेर यूएन विमनले लक्षित वर्गहरुसम्म पुग्ने, जानकारीहरु प्रचार प्रसार गर्ने तथा सामाजिक मानकहरु, लैङ्गिक भूमिकाहरु, असमानता र महिला, बालिकाहरु तथा सीमान्तकृत समूहका व्यक्तिहरुको विषयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । 

‘कम्युनिटी’ले जनमतका साथै स्टिकर प्याकजस्तो विशेषताहरुमार्फत प्रयोगकर्ताहरुलाई आपसी कुराकानीद्वारा जनचेतना अभिवृद्धि एवं जानकारी साटासाट गर्न दर्शकहरुसँग अन्तरक्रिया गर्नको लागि अवसरहरु पनि उपलब्ध गराउने छ । 

‘नवीनतम खोज र प्रविधिले समुदायहरुमा पुग्ने पर्याप्त अवसरहरु उपलब्ध गराउँदछ ।’ यूएन विमनकी नेपाल प्रतिनिधि वेन्नी कुसुमाले भन्नुभयो, ‘यो साझेदारीमार्फत् हामी दुवै मिलेर हाम्रो जनचेतना अभिवृद्धि र परामर्श प्रयत्न उकास्नका लागि मुख्य माध्यमको रुपमा यो नवीन खोजको प्रयोग गर्ने लक्ष्य लिएका छौँ ।’ 

राकुटेन भाइबरको एप्याकका बिजनेस डेभलपमेन्टका वरिष्ठ निर्देशक अनुभव नैयरले भन्नुभयो, ‘महिला सशक्तिकरण र लैङ्गिक समानताजस्तो गहनतम विषयमा यूएन विमनसँग सहकार्य गर्न पाएकोमा भाइबर गौरवान्वित भएको छ । यो सहकार्यले हाम्रो समाजमा विद्यमान धेरै गम्भीर मुद्दाहरुलाई सम्बोधन गर्नेछ । हामी दुवैको लक्ष्य नेपालका अधिकांश नागरिकमाझ सचेतना सिर्जना गर्दै यी सरोकारका विषयहरुलाई सम्बोधन गर्नु रहेको छ ।’

कम्युनिटीमा जोडिनका लागि भाइबरमा UN Women Nepal खोज्नुहोस्, तलको लिङ्क क्लिक गर्नुहोस https://vb.me/Unwomen_community_NP अथवा प्रस्तुत कोड स्क्यान गर्नुहोस् । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया