च्याम्पियन्स ट्रफी : भारतसँगको खेलमा पाकिस्तान पहिला ब्याटिङ गर्दै
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - महिला, कानुन र विकास मञ्च (एफ्डब्लूएल्डी)ले कोभिड-१९ को मानव अधिकार अवस्था अनुगमनमा लैङ्गिक र सामाजिक समावेशीकरण बनाउन अनुरोध गरेको छ ।
मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र लेख्दै मानव अधिकार अवस्था अनुगमनसम्बन्धी सबै तहका सबै समितिहरूमा अनिवार्य महिला प्रतिनिधित्वको सुनिश्चितता गर्न आग्रह गर्नुभएको हो । साथै उहाँले लैङ्गिक तथा सामाजिक समावेशीकरणयुक्त बनाउन आग्रह गर्नुभएको हो ।
कोभिड-१९ को राष्ट्रव्यापी अनुगमन गर्न चार तहका समिति गठन गर्नु राम्रो भएको तर गठन भएका समितिमा महिला सहभागिता शून्य रहेकोमा मञ्चले राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र लेखेको जनाएको छ ।
आपतकालीन अवस्थामा समेत अवरुद्ध गर्न नहुने यौन तथा प्रजनन स्वास्थ्य सेवाको नियमित उपलब्धता, घरेलु, यौनजन्य र अन्य लैङ्गिक हिंसाको सम्बोधन र न्यायमा पहुँच, राहत वितरणमा हुनसक्ने भेदभाव र वञ्चितीकरण, उद्धार र उपचारमा वञ्चितीकरण लगायतको अवस्था र सम्बोधन गर्ने विषयलाई पनि नेटवर्कको कार्यविधिमा थप गर्न मञ्चले आयोगलाई अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।