अभिनेत्री विद्या वालन साउथ फिल्ममा डेब्यू गर्दै

 साउन १४, २०७५ सोमबार ९:२६:७ | एजेन्सी
unn.prixa.net

अभिनेत्री विद्या वालन एनटीआरको बायोपिकबाट साउथ फिल्ममा डेब्यू गर्दैछिन् । उनले यस फिल्मको छायांकनको काम पनि सुरु गरिसकेकी छिन् । यस फिल्ममा विद्या एनटी रामा रावको श्रीमतीको भूमिका निभाइरहेकी छिन् । खबरहरुका अनुसार बिद्याले यस फिल्मका लागि १.५ करोड रुपैयाँ पारिश्रमिक लिएकी छिन् । 

यो फिल्मको एनटी आरको जीवन कहानीमा आधारित छ । एनटीआरको पूरा नाम नन्दमुरी तारका रामा राव हो । उनीे एनटीआर नामले चिनिन्छन् । एनटीआर साउथ फिल्मका अभिनेता, निर्देशक, सम्पादक र राजनेता हुन् । उनी ७ वर्षसम्म भारतको आन्ध्र प्रदेशको मुख्य मन्त्री पनि भएका थिए । 

यस बायोपिकमा एनटीआरको भूमिका नन्दमुरी बालाकृष्णले निभाइरहेका छन् भने राणा दग्गुबाती पनि विशेष भूमिकामा देखिनेछन् । यस्तै अभिनेत्री श्रीदेको भूमिकाको लागि राकुल प्रितलाई प्रस्ताव राखिएको छ । 

पछिल्लो समयमा विद्या बालन मुख्य अभिनेत्रीको रुपमा फिल्म ‘तुम्हारी सुलु’ मार्फत दर्शकमाझ आएकी थिइन् । सुरेश त्रीवेणीको निर्देशनमा बनेको यो फिल्म बक्स अफिसमा निकै सफल भएको थियो । यस फिल्मबाट अभिनेत्री बिद्या वालनले उत्कृष्ट अभिनेत्रीको फिल्म फेयर अवार्डबाट सम्मानित भएकी थिइन् । 

उनी अब एनटीआर बायोपिकमार्फत दर्शकमाझ आइरहेकी छिन् । यो फिल्म साउथकका साथै हिन्दी भाषामा समेत प्रदर्शन हुनेछ । 
। 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया