पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूले सरकार...
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । माैसमविद्ले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।
पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले दिउँसोपछि विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।
यसकै प्रभावले अहिले पूर्वको मौसम सामान्य बदली, मध्य क्षेत्रको मौसम आशिंक बदली तथा अरु ठाउँको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभरि मौसम सामान्य बदली भइ केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको हो । यस्तै आज राति देशभरको मौसम सामान्य बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।