नतिजा आएको सात वर्षपछि त्रिविका कर्मचारीको परिक्षफल रद्द
मंसिर ११, २०८१ मंगलबार
सप्तरी - सप्तरीमा रतुवा मृग मार्ने दुईजना पक्राउ परेका छन् ।
महुली सब डिभिजन अन्तर्गतको वन क्षेत्रबाट मृत रतुवा मृगसहित बुधबार राति उदयपुर त्रियुगा नगरपालिका–१ का अशोक राई र मिश्रीलाल चौधरी पक्राउ परेका आरोपितलाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरिएको कार्यालय प्रमुख सन्तोष झाले जानकारी दिनुभयो ।
अग्निसाइर कृष्णसवरण गाउँपालिकाको महुली खोला छेउमा मारिएको रतुवा मृगसहित पक्राउ परेका आरोपितलाई कानुनी कारबाही गरिने उहाँले बताउनुभयो ।
मृत मृगलाई बिहीबार डिभिजन वन कार्यालय सप्तरी, महुली सबडिभिजन, जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको रोहवरमा गाडिने कार्यालयले जनाएको छ ।
यसैगरी सप्तरीको शम्भुनाथ नगरपालिका–७, भङ्गहा वन क्षेत्रबाट ११ क्यूफिट सालको काठ बरामद भएको छ । चिरान गरिएको १५ थान काठ बरामद गरी आवश्यक अनुसन्धान सुरु गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।