पछिल्लो २४ घण्टामा पीसीआर र आरडीटीका १ हजार ७ सय नमुना नेगेटिभ: मन्त्रालय

 बैशाख १८, २०७७ बिहिबार १७:४९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - गएको २४ घण्टामा पीसीआर र आरडीटी विधिबाट परीक्षण भएका झन्डै १७ सय वटा नमुनाहरु नेगेटिभ आएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण भएका १ हजार ६ सय ८२ वटा परीक्षण भएकोमा सबैको नेगेटिभ आएको हो । अहिलेसम्म नेपालमा ५७ जना सङ्क्रमित रहेको मन्त्रालयका प्रवक्त डा. विकास देवकोटाले बताउनुभयो ।

अहिले सबैभन्दा बढी विराटनगरमा ३१ जना उपचाररत रहेका छन् । यसैगरी विरगञ्जमा ८ र भरतपुर तथा कैलालीमा १—१ जना उपचाररत रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अहिलेसम्म पीसीआर विधिबाट १२ हजार ११ नमुना परीक्षण भएका छन् । आरडीटी विधिबाट ४६ हजार ८ सय ६० वटा नमुना परीक्षण भएका छन् ।

प्रदेश नम्बर १ मा ४ हजार ९ सय ८५, प्रदेश नम्बर २ मा ५ हजार ४ सय ५६, बागमती प्रदेशमा ८ हजार ३ सय ६१ नमुना परीक्षण भएका छन् ।

यसैगरी प्रदेश नम्बर गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश नम्बर ५ मा ३ हजार ७ सय ९, कर्णाली प्रदेशमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ वटा आरडीटी परीक्षण भएको प्रवक्त देवकोटाले बताउनुभयो ।

अहिले देशभर नै २३ हजार हजार ३ सय ३६ जना क्वरेण्टीनमा रहेका छन् । उपत्यकामा ३ र उपत्यका बाहिर अस्पतालमा ७७ गरी ८० जना आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. झलक गौतमले गत वर्षको पौषदेखि अहिलेसम्म १ सय ८५ जना दादुराका विरामी भेटिएको बताउनुभयो ।

झापा, सर्लाही, धादिङ, काठमाण्डौ, ललितपुर, चितवन र गोरखामा ४ महिनादेखि ४० वर्षसम्मका व्यक्तिमा संक्रमण देखिएको उहाँले बताउनुभयो । १ सय ८५ जनामध्ये धादिङ २ जना बालबालिकाको दादुराका कारण मृत्यु भएको छ ।

सबैभन्दा बढी प्रकोप देखिएको धादिङमा यहि वैशाख १७ गतेबाट २३ सम्म खोप दिन सुरु गरिएको छ । प्रकोप देखिएको क्षेत्रमा रहेका ६ महिना दखि १५ वर्षम्मका २० हजारलाई खोप दिइने उहाँले बताउनुभयो ।

नियमित खोप सेवा सञ्चालन गर्दा भिडभाड नगरी निश्चित दुरी कायम गर्न, खोप सेवा लिदन आउने अभिभावक र बालबलिकाको कोभिडसँग सम्बन्धित स्क्रिनिङ र सोधखोज गर्न सरकारले स्वास्थ्य संस्थाहरु आग्रह गरेको छ ।

कुनै व्यक्तिमा कोरोना सङ्क्रमण शंकास्पद देखिए जाँचका लागि आवश्यक सल्लाह दिएर उपचारका लागि पठाउन र सेवा दिँदा सर्जिकल मास्क र ग्लोबको प्रयोग गर्ने, साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने पनि स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया