के ट्रम्पलाई आफ्नै एजेन्सीमाथि विश्वास छैन ?

 वैशाख १९, २०७७ शुक्रबार १२:२७:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै जासुसी एजेन्सीको भनाइलाई उल्ट्याउँदै कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट फैलिएको र आफूले यसको प्रमाण देखेको पनि बताएका छन् । 

यसअघि अमेरिकाको नेशनल इन्टेलिजेन्स डायरेक्टरको कार्यालयले भाइरस जनावरबाट आएको हो वा कुनै प्रयोगशालाबाट फैलिएको हो भन्नेबारेमा जाँच भइरहेको बताएको थियो । तर कार्यालयले यो पनि भनेको थियो– हामीलाई पूरा भरोसा छ, ‘कोभिड–१९ कुनै मानिसले बनाएको होइन र कसैले जानीबुझी बनाएको पनि होइन ।’

चीनले प्रयोगशालाबाट भाइरस फैलिएको खबरको खारेज गर्दै कोभिड–१९ लिएर अमेरिकी बयानको निन्दा गरेको छ । गएको वर्षको अन्त्यतिर चीनको वुहान शहरमा पहिलो पटक देखिएको भाइरसका कारण अहिलेसम्म ३२ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् भने दुई लाख ३० हजारभन्दा धेरैको ज्यान गएको छ । 

इन्डेलिजेन्स एजेन्सी के भन्छ ? 

अमेरिकाको जासुसी एजेन्सीलाई हेर्ने डायरेक्टर अफ् नेशनल इन्टेलिजेन्सको कार्यालयले बिहीबार कोभिड–१९ को प्राकृत्तिक उत्पत्तिको विषयमा ‘व्यापक वैज्ञानिक सहमत’ भएको बताएको थियो । ‘(इन्टेलिजेन्स कम्युनिटी) सार्वजनिक भइरहेको नयाँ जानकारी र भाइरस जनावरको सम्पर्कमा आएर फैलिएको हो कि कुनै प्रयोगशालाबाट फैलिएको हो भन्नेबारेमा इन्टेलिजेन्सले जाँच गरिरहेको छ ।’

अमेरिकी इन्टेलिजेन्सको तर्फबाट आएको यो पहिलो बयान थियो, जसमा कुनै पनि षड्यन्त्रलाई खारेज गरिएको छ, जसमा भाइरस एक जैविक हतियार भएको अमेरिका र चीन दुवै देशले बताएका थिए । 

तर यसलाई पनि पूर्णरुपमा नकार्न सकिने सम्भावना छैन । यसको कारण के हो ? ट्रम्पले भर्खर मात्र महामारीलाई लिएर वाकयुद्ध सुरु गरेका छन् । यसअघि अमेरिकी प्रशासनले चीनसँगको विवाद सुल्झिएको बताएको थियो । 

तर बुधबार राष्ट्रपति ट्रम्पले भनेका थिए– चीन आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा मैले हारेको हेर्न चाहन्छ । यसअघि ट्रम्पले चिनियाँ अधिकारीहरुले सुरुवाती समयमै भाइरसको जानकारी लुकाएको र चाहेको भए सङ्क्रमण रोक्न सक्ने आरोप लगाएका थिए । साथै ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनको पनि निन्दा गर्दै संस्थालाई दिने सहयोग रकम रोकेका थिए । 

यसैबीच चीनको प्रशासनले ट्रम्प प्रशासनले सङ्कटलाई सम्हाल्न नसकेको आरोप लगाउँदै ध्यान भट्काउने कोसिस गरिरहेको बताएको छ । मन्त्रालयका एक प्रवक्ताले पनि विना प्रमाण कोभिड–१९ अमेरिकाबाट फैलिएको बताए । 

वाशिङ्गटन पोस्टका अनुसार ट्रम्प प्रशासन चीनलाई आर्थिक सजाय दिने उपाय खोजिरहेको छ ।  

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया