विदेशमा खान बस्न समस्या भएको छ ? या स्वदेश फर्कने सोचमा हुनुहुन्छ ? सम्पर्क गर्न पीएनसीसीकाे अनुराेध

 बैशाख १९, २०७७ शुक्रबार १८:५९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खाडीका देश र मलेसियामा तपाईँलाई कोरोना भाइरसका कारण खान र बस्नै समस्या भएको छ ? अथवा भिसा, पासपोर्ट वा अन्य केही विषयमा झण्झट खेपिरहनुभएको छ ? वा लकडाउन खुलेपछि घर कसरी फर्कन भनेर दोधारमा हुनुहुन्छ ?

खाडीका देश र मलेसियामा कार्यरत श्रमिकलाई परेका यस्ता समस्या समाधानमा प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले सहयोग र समन्वय गर्ने भएको छ ।

खान बस्नकै लागि समस्या भएमा पनि खाद्यान्न र बासस्थानको समेत व्यवस्था गरिरहेकाले यी देशमा जुनसुकै समस्या परेको भए पनि सम्पर्क गर्न पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले अनुरोध गर्नुभयो ।

यसरी राख्न सकिन्छ समस्या

कोरोना भाइरसका कारण खाडीका देश र मलेसियामा समस्यामा पर्ने श्रमिकका समस्या सुन्नका लागि पीएनसीसीले हटलाइन नम्बरको व्यवस्था गरेको छ । आफूलाई परेको समस्या

९८५११७४९९९ नम्बमा सिधा सम्पर्क गर्न सकिन्छ । यो नम्बरमा ह्वाट्याप र भाइबर पनि उपलब्ध भएकाले आफ्नो समस्या यी माध्यमबाट पनि राख्न सकिन्छ । पीएनसीसीको फेसबुक पेजमार्फत पनि आफ्नो गुनासो राख्न सकिन्छ । साथै आफ्ना समस्या ०१–५७०६१०२, ५७०५३५४, ५७०५४०२ मा पनि सम्पर्क गर्न सकिन्छ ।

साथै, अनलाइनमार्फत पनि आफ्नो समस्या र विवरण भर्न सकिने व्यवस्था गरिएको छ । अनलाइनमार्फत विवरण भर्न नजानेमा वा पहुँच नभएमा फोन गरेर वा आफ्नो समस्या कागजमा लेखेर फोटो खिचेर अप्लोडसमेत गर्न सकिने अध्यक्ष कार्कीले बताउनुभयो ।

अनलाइन फारम भर्न यहाँ क्लिक गर्नुहाेस्

उहाँका अनुसार, साउदी, कतार र मलेसियामा रहेका श्रमिकको समस्या कार्यलय समय अवधिमा एक दिनभित्रै सम्बोधन हुनेछ भने अरु देशको हकमा भने एक दुई दिन लाग्न सक्नेछ ।

‘हाम्रो प्राथमिकता खाडीका देश र मलेसियामा समस्यामा पर्ने नेपाली दाजुभाइ दिदीबहिनीका समस्यालाई जतिसक्दो छिटो सम्बोधन गर्ने नै हो,’ अध्यक्ष कार्कीले भन्नुभयो,‘हामीले खाद्यन्न र बासस्थानको समस्या हुनेलाई खान र बस्नकोसमेत व्यवस्था गरिरहेका छौं ।’

लकडाउन र अन्तर्राष्ट्रिय उडान खुलेलगत्तै नेपाल फर्कन चाहनेका लागि पनि सहजिकरण गर्न पीएनसीसीले योजना बनाइरहेकाले घर फर्कने योजना भएकालेसमेत फारम भरे स्वदेश फर्कनेबेला सहजीकरण गर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।

उहाँका अनुसार, यो अप्ठेरो परिस्थितीमा पीएनसीसीले कानुनी सहायत, परामर्श, कन्सुलर सेवा र नेपाल फिर्तीमा समेत सहयोग र सहजिकरण गर्ने छ ।

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

9 Comments

  • Bijaya pradhan

    May 14, 2020, 5:32 a.m.

    हाल म साउदी अरबको अभा भन्ने ठाउमा छु।हामिले यस अघि march रapirl महिना पूरा काम गरिम ।march महिना को तलव 500 दियो ।र april को दियको छैन।हामिले काम गरेको पैसा मागदा अहिले हामिलाई रुम मा राखेको छ।रुम मा बस्नतदेकोछ तर खाना दियेको छैन।अलिअली भयेको पैसा पनि सकिसको अब हामी सङग खाने पैसा पनि छैन। अब जसरी भयपनी नेपाल जान चाहनछौ।कसरी हुन्छ सहयोग गर्नुपर्यो।plz help me.

  •  0 Reply
  • Prakash Ghyaba

    May 5, 2020, 7:12 p.m.

    I am in macau right now. I have been working in the airport for 5 months with only 2 months working days because of the covid-19 spreading all over the world. This may 20th our company was supposed to extend our visa but due to this situation right now, our company isn't able to extend our visa and now we are stranded in macau with no work and no flights to go back to Nepal. We are in need of help to go back to Nepal, please help us.....

  •  0 Reply
  • raghunath simkhada

    May 5, 2020, 7:05 p.m.

    hello sir...im raghunath simkhada...from dubai(abudhabi)...many may request i want go nepal...because my visa is cancleprocess...the company aleady sing...they din t want give salay for 2 month ...in nepal m mother have heart valve problam..i want go...treadment to her...plz pz plz sir i want go nepal...plz help me

  •  0 Reply
  • याम बहादुर खड्का

    May 3, 2020, 11:11 a.m.

    हाल युएई बाट हो लकडउन हुनु भन्दा पहिले कम्पनि टुटेर नेपाल जानको लागि दुईचोटि कम्प्लेन गरी सकेको थिए पठाउँछु पठाउँछु भन्दै झुलाएर राखेको थियो । अहिले म साथीको रुम मा बस्छु,साथीको बोसले थाहा पाएर साथीलाई रुमबाट निकाल्दै भनिराखेका छ, खानामा पनि समस्या छ त्यसैले जतिसक्दो चाँडो म नेपाल जान चाहन्छु कृपया सहयोग गर्नुहोस्।

  •  0 Reply
  • Ram Bahadur Bishwakarma

    May 2, 2020, 5:34 p.m.

    कम्पनीले बेतलबी बिदा दिएको छ / कम्पनी सुचारु हुने कुनै डेडलाइन छैन/ बस्न छ, खाना छैन, खाने पैसा छैन ..भएको पैसा खान मै सकियो/ मागेर खान थालेको १५ दिन भयो / म दुबई मा हो , एन आर एनले राहत दिन्छु भनेको थियो तर हाम्रो क्याम्पमा पकाएर खान अनुमती छैन / त्यसैले छिटो भन्दा छिटो नेपाल फर्कन चाहन्छु / Please help me.

  •  0 Reply
  • Binayak sk

    May 2, 2020, 1:43 p.m.

    Unusable

  •  0 Reply
  • punya prasad sangroula

    May 2, 2020, 6:34 a.m.

    कम्पनीले काम बन्द नगरेको ...कतारमा दिनहुँ भाइरस बढीरहेको छ / भीडमा हिंड्नुपरेको अनि काम गर्नुपरेको छ / राजीनामा पत्र ३ महिना अघि नै दिइसकेको छु /

  •  0 Reply
  • Kedar bhandari

    May 2, 2020, 1:46 a.m.

    हाल म UAE दुबईमा छु नेपालको र यहाँको दुबै ठाउको लकडाउन खुले पछि नेपाल जाने हो यहाँ नियमित काम गरिरहेको छौ तर बेतलबी काम गरेको छु खान र बस्न दिएको छ तर अब दिन सक्दिन्न भनेको छ । अब त सधै घर जाउ भन्दै दबाब दिन थालेको छ त्यसैले म कुनै पनि हाल त मा नेपाल फर्कन चाहन्छु । अरु त के गर्छन थाहा भएन म त जसरी भए पनि नेपाल फर्किने हो बिना पैसा ज्यानको जोखिम मोलेर काम गर्न सकिँदैन यहाँ ।

  •  0 Reply
  • Tika ram bastola

    May 1, 2020, 7:09 p.m.

    I had gone to labor court in march 03,2020,till now company didn't give my settlement. I want to go Nepal

  •  0 Reply

तपाईको प्रतिक्रिया