नेपाल-भारत सिमानामा अलपत्र ५ सयभन्दा बढी बझाङीको उद्धार

 बैशाख १९, २०७७ शुक्रबार २०:१८:४० | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बैतडीको झुलाघाट र दार्चुलाको महाकालीपारी रोकिएका नेपालीहरुलाई बिहीबार पालिकाका प्रमुखहरुले उद्धार गरेका  छन् ।

महाकालीपारीका नेपालीहरु वारी आएपछि सम्बन्धित पालिकाका जनप्रतिनिधिले बस रिजर्भ गरेर बझाङ ल्याएका हुन् । बझाङको बुंगल नगरपालिका, बित्थडचिर, सुर्मा तथा केदारस्यूँ गाउँपालिकाका स्थानीयहरुलाई उद्धार गरिएको हो । यी पालिका प्रमुखहरु एक हप्तादेखि दार्चुला र बैतडीमा कुरेर बसेका थिए ।  

महाकालीपारी भारतको क्वरेण्टीनमा रहेका नेपालीहरु केन्द्र सरकारको पहलमा नेपाल छोड्ने जानकारी पाएपछि बैतडी सिमानामा आएर उनीहरुलाई बसमा लगेको  बुंगल नगरपालिकाका प्रमुख धनबहादुर बिष्टले बताउनुभयो । 

बित्थडचिर गाउँपालिकाका १ सय जना, बुंगल नगरपालिकाका ३ सय ७४ जना, केदारस्यूँ गाउँपालिकाका २१ ज्ना र सुर्मा गाउँपालिकाका ६ जना गरी ५ सय ६ जनालाई उद्धार गरिएको हो । 

सबै ५ सय ६ जनालाई स्वास्थ्य परिक्षण गरी १४ दिन क्वरेण्टीनमा राखिनेछ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया