रणवीर सिंह र साउथका स्टार महेश बाबु सँगसँगै

 साउन १४, २०७५ सोमबार १५:२०:३२ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता रणवीर सिंह र दक्षिण भारतीय फिल्मका सुपरस्टार महेश बाबु एकैसाथ काम गर्ने भएका छन् । 

अभिनेता रणवीर सिंहले महेश बाबुका साथमा खिचिएको तस्बिर सामाजिक संजालमा शेयर गरेका छन । दुवै अभिनेता एकैखालको कालो रंगको पोशाकमा देखिएका छन । रणवीर र महेश बाबु फिल्ममा नभै एक व्यावसायिक विज्ञापनका लागि एकसाथ काम गरिरहेका छन् । 

अभिनेता महेश बाबु थम्स अपको यो विज्ञापनका लागि १० वर्षदेखि काम गरिरहेका छन् । महेश यस कम्पनीका ब्राण्ड एम्बासेडर हुन् । महेश बाबुको यस ब्राण्डप्रतिको इमान्दारीका कारण यो कम्पनी कुनै पनि हालतमा महेश बाबुलाई गुमाउन चाहँदैन । महेशले उनका परिवारका सदस्यलाई पेय पदार्थ खाँदा थम्स अप बाहेक अरु कुनै पनि ब्रान्डका पेय पदार्थ खान मनाही गरिदिएका छन् ।   

रणवीर सिंह भने सन् २०१६ पछि मात्रै यस ब्राण्डसँग आवद्ध भएका हुन । रणवीर भन्दा अगाडि सलमान खान यस ब्राण्डसँग आवद्ध थिए । पछि सलमानलाई छोडेर रणवीरका साथ यस कम्पनीले सहकार्य सुरु गरेको हो ।  
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया