मधेश केन्द्रित दलको मोर्चाबन्दीका लागि जनमत पार्टीले कार्यदल बनायो
पुस २२, २०८१ सोमबार
युएई – युएईले विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय दिएको छ । आममाफी बुधबारबाट सुरु हुँदैछ ।
अगष्ट १ देखि अक्टोबर ३१ सम्ममा युएईले दिएको यस अवसरमा अवैधानिक रुपमा युएईमा बसिरहेका अरु विदेशी नागरिक सहित नेपालीले पनि फाइदा लिन सक्नेछन् ।
युएईमा रहेका अवैधानिक कामदारले सहज रुपमा आममाफीबाट फाइदा लिन सकून् भनेर त्यहाँको सरकारले तयारी गरिरहेको छ ।
भिसा अवधि सकिएका अर्थात ओभरस्टे भएर बसेका विदेशी नागरिकलाई सहयोग गर्न भन्दै दुबईको विदेश मामिला मन्त्रालयले ठूलो पालमुनी ‘वन स्टप’ सेन्टर स्थापना गरेको छ ।
सेन्टरमा दुबई प्रहरीका प्रतिनिधि, मानव संसाधन मन्त्रालयका प्रतिनिधिहरुसहितको टोलीले सहयोग गर्नेछन् ।
काम गर्नका लागि चाहिले कागजपत्र नभएका विदेशी कामदारले आवश्यक प्रक्रियाका लागि अल अविर सेन्टरबाट सहयोग लिन सक्नेछन् । कागपत्र नभएपनि यो आममाफीबाट फेरि जान पाउनेगरी जरिवाना बिना नै स्वदेश फर्किन सक्नेछन् ।
आममाफीबाट यस्तो छ फाइदा :
युएईमा भिसा अवधिभन्दा धेरै बसेकाहरुले काम खोज्नका लागि ६ महिनाको समय पाउनेछन् । स्वेच्छाले स्वदेश फर्किन चाहेमा युएईले ‘नो इन्ट्री छाप’ बिना नै स्वदेश फर्कने अवसर दिनेछ ।
युएईमै बैधानिक हैसियतमा काम गर्न चाहेमा पनि सेन्टरमा गएर निवेदन दिन सकिन्छ । दुबईमा मात्रै आममाफीको समयमा सहयोगका लागि ४३ वटा यस्ता केन्द्र छन् । यी केन्द्रहरुले आवश्यक सबै सेवाहरु उपलब्ध गराउने छन् ।
युएईको विदेश मामिला मन्त्रालयका निर्देशक मोहम्मद अहमद अल मेरीले गैरकानुनी रुपमा बसेका भएपनि उनीहरुले आफ्नो अवस्थालाई सुधारेर नयाँ जिन्दगी सुरुवात गर्न सक्ने बताएका छन् ।
‘यो युएईको महत्वपूर्ण उपहार हो, जो युएईमा ओभरस्टे बसेका छन्, कोही कोहीलाई गल्ती बिना नै परिस्थितीले अवैधानिक बन्न बाध्य बनाइरहेको हुन्छ, त्यसैले त्यस्ता मानिसका लागि हामीले नयाँ जीवन सुरु गर्न दिएको अवसर हो’ उनकाे भनाईलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ ।
ओभरस्टे बस्नेलाई फाइदा
ओभरस्टे अथवा भिसा अवधिभन्दा धेरै समय युएईमा बस्नेहरु घर फर्किदा धेरै रकम जरिवाना तिर्नपर्छ भनेर डराउने गरेको भन्दै निर्देशक मोहम्मदले योपालिको आममाफीमा कुनै जरिवाना नलिएर उनीहरुलाई आफ्नो कागजपत्र सच्याउन वा फेरि युएई फर्किन मिल्ने गरी स्वदेश फर्किन प्रेरित गर्ने बताएका छन् ।
प्रक्रियामा कुनै समस्या नहोस भनेर ४० वटा काउन्टरमा भाषा सहजिकरणको पनि व्यवस्था गरिएको युएईले जनाएको छ । युएई सरकारका अनुसार कागजपत्र नभए पनि महिला र बालबालिकाको सहयोगका लागि छुट्टै स्थानको व्यवस्था गरिएको छ ।
यसअघि युएईले सन् २०१३ मा पनि आममाफी दिएको थियो । जसबाट ६१ हजार ५ सय जना भन्दा धेरैले फाइदा लिएको युएईले जनाएको छ । सन् २००७ को तुलनामा ३०१३ मा थोरैले आममाफीको फाइदा लिएका थिए । २००७ मा झण्डै साढे तीन लाखले आममाफीबाट फाइदा लिएका थिए ।
यो पनि पढ्नुहोस्
युएईका अवैधानिक कामदार जरिवाना नतिरी स्वदेश फर्किन पाउने
गैरकानुनी कामदारलाई युएईले दियो ३ महिनाको आममाफी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।