वुहानमा विद्यालय खुल्याे

 वैशाख २४, २०७७ बुधबार १४:२७:३२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनको हुबेई प्रान्तको वुहान शहरमा विद्यालय खुलेको छ । गएको डिमेम्बर महिनामा वुहानमा नै पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । 

त्यसयता परीक्षाको तयारी गर्नेहरु मात्र विद्यालय जाने गरेका थिए । सरकारी सञ्चारमाध्यमका अनुसार वुहान त्यस्ता विद्यार्थीको सङ्ख्या ५७ हजार छ । 

चीनको हुबेई प्रान्तमा ३२ दिनदेखि नयाँ सङ्क्रमण देखिएको छैन । चीनको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले यसबारेमा जानकारी दिएको हो । 

चीन अब बिस्तारै लकडाउनको प्रतिबन्ध हटाउँदै गइरहेको छ । चीनमा जनजीवन सामान्य हुँदै गइरहेको छ । 

मङ्गलबार चीनमा दुई जनामा नयँ सङ्क्रमण देखिएको थियो भने ज्यान गुमाउनेको सङ्ख्या थपिएको छैन । चीनमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ८२ हजार आठ सय ८३ छ भने चार हजार ६ सय ३३ जनाको ज्यान गएको छ । 

कोरोना भाइरसकाे महामारीबाट विश्वभर ३७ लाख ४० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । दुई लाख ५८ हजार चार सयभन्दा धेरैको ज्यान गएको छ भने १२ लाख ४७ हजारभन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।   

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया