प्रधानमन्त्री कप क्रिकेट : आर्मी र पुलिसको लगातार चौथो जीत
चैत २, २०८१ शनिबार
काठमाडौं – नेपाली सेनाले सञ्चालन गरेको ‘आर्मी अफिसर्स क्लब’ सर्वसाधारणको प्रयोगका लागि बन्द गरिने भएको छ । सेनाले यही भदौ १ गतेदेखि लागू हुने गरी ‘आर्मी अफिसर्स क्लब’ सर्वसाधारणको प्रयोगका लागि बन्द गर्ने तयारी गरेको हो ।
राष्ट्रिय सुरक्षामा भन्दा पनि व्यापारिक क्षेत्रमा हात हाल्न थालेको भन्दै आलोचित बन्दै आएको सेनाले भाडामा लगाएर पैसा असुल्दै आएको ‘क्लब’ बन्द गर्न लागेको हो ।
प्रधान सेनापतिबाट बिदा लिँदै गर्दा राजेन्द्र क्षेत्रीले ‘आर्मी अफिसर्स क्लब’ सर्वसाधारणको प्रयोगका लागि बन्द गर्ने तयारी गर्नुभएको हो ।
नेपाली सेनाका निमित्त प्रवक्ता विजय थापाले यो विषयमा निर्णय भइनसकेको भए पनि बन्द गर्ने तयारी भने भएको खुलाउनुभयो ।
भद्राकालीमा रहेको सैनिक मुख्यालयको परिसरमै रहेको आर्मी अफिसर्स क्लब १८ वर्षयता विभिन्न पार्टी तथा कार्यक्रमहरु आयोजनाका लागि सर्वसाधारणलाई पनि भाडामा दिइँदै आएको थियो ।
तत्कालीन प्रधानसेनापति प्रज्ज्वल शमशेर जबराको कार्यकालदेखि आर्मी अफिसर्स क्लब सर्वसाधारणलाई पनि भाडामा दिन थालिएको थियो । अहिले क्लबमा विभिन्न कार्यक्रममा लागि गरिएको बुकिङ रद्ध गरिएको निमित्त प्रवक्ता थापाले जानकारी दिनुभयो ।
‘अहिले सेनाकै कार्यक्रमहरुको लोड बढेको र सरकारी कार्यक्रमहरु बढ्दै गएकाले सर्वसाधारणलाई दिन बन्द गर्न थालिएको हुन सक्छ’, निमित्त प्रवक्ता थापाले भन्नुभयो ।
सेनाले सर्वसाधारणलाई एउटा हल भाडामा दिएबापत एक दिनको ७५ हजार रुपैयाँ शुल्क लिँदै आएको थियो । सेनाले नै कार्यक्रम गर्दा भने एक दिनको १० हजार रुपैयाँ तिर्ने गर्दथ्यो । क्लबमा दुई वटा हलहरु छन् ।
सर्वसाधारणलाई हल दिन बन्द गर्ने निर्णय पछि एउटा हल जुनियर अफिसर्स र अर्को हल सिनियर अफिसर्सका लागि कार्यक्रम तथा पार्टी आयोजना गर्न दिने तयारी सेनाले गरेको छ ।
अहिले नेपाली सेनाले निजगढ द्रूतमार्गलगायत सडक निर्माणका थुप्रै परियोजनामा काम गरिरहेको छ । स्वास्थ्य शिक्षामा पनि उसले आफ्नो पकड फैलाउँदै लगेको छ । ठाउँठाउँमा पेट्रोल पम्प मात्र होइन आफ्नै कल्याणकारी कोषको रकम ब्याजमा लगाएर मुनाफा कमाउने काम पनि सेनाले गर्दै आएको छ ।
सेनाले बहालवाला र अवकाश प्राप्त सैनिकका लागि सहुलियत दरमा जग्गा र घर उपलब्ध गराउने भन्दै रियलस्टेटमा समेत हात हालेको छ ।
यस्तै इन्धन ढुवानीका साथै लामो समयदेखि उत्पादन ठप्प रहेको हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मा पनि सेनालाई नै दिने सरकारले तयारी पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।