चीनले भन्याे– 'काेराेना भाइरस उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्गठनलाई सघाउँछाै'

 वैशाख २६, २०७७ शुक्रबार १२:२५:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनले काेराेना भाइरसकाे उत्पत्तिलाई लिएर विश्व स्वास्थ्य सङ्गठनकाे जाँचमा सहयाेग गर्ने बताएकाे छ । साथै चीनले जाँच वैज्ञानिक हुनुपर्ने तर राजनीतिक हुन नहुने बताएकाे छ । 

चीनले काेराेना भाइरससम्बन्धी जानकारीमा पारदर्शिता नदेखाएकाे भन्दै अमेरिकाले लगातार आराेप लगाउँदै आइरहेकाे छ । अमेरिकाकाे प्रमुख जासुसी एजेन्सी चीनकाे प्रयाेगशालाबाट नफैलिएकाे बताइरहे पनि राष्ट्रपति डाेनाल्ड ट्रम्पले भने चिनियाँ ल्याबबाटै भाइरस फैलिएकाे भन्दै आराेप लगाउँदै आइरहेका छन् ।

साथै चीन काेराेना सङ्क्रमण राेक्न असफल रहेकाे भन्दै अमेरिकाले लगातार निसाना बनाउँदै आएकाे छ ।

यद्यपि चीनले यी सबै आराेपलाई नकार्दै आइरहेकाे छ । चीनले त काेराेना भाइरस चीनबाहिरबाट फैलिएकाे बताउने गरेकाे विभिन्न सञ्चारमाध्यमले बताउँदै आएका छन् । चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले अमेरिका एक झुट लुकाउन झुटमाथि झुट बाेलिरहेकाे बताएका थिए । 

बिहीबार बेइजिङमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनइङले अमेरिकी आराेपकाे खण्डन गर्दै भनिन्, 'असत्य र गैरजिम्मेवारपूर्ण अवधारणा । तर भाइरसकाे उत्पत्तिबारे पत्ता लगाउन सहयाेग गर्छाैँ ।'

काेभिड १९ काे सङ्क्रमण पहिला चीनमा देखिए पनि अहिले अमेरिका सबैभन्दा धेरै प्रभावित भएकाे छ । अमेरिकामा मात्रै १२ लाख ९२ हजार आठ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाेमा ७६ हजार नाै सयभन्दा धेरैकाे ज्यान गएकाे छ ।  

गएकाे वर्ष डिसेम्बर महिनाकाे अन्त्यतिर चीनकाे वुहान शहरकाे सि फुड मार्केटबाट काेराेना भाइरस फैलिएकाे मानिँदै आएकाे छ । अहिलेसम्मकाे अनुसन्धानबाट चमेराेबाट कुनै समुद्री जीवमा र त्यसपछि मानिसमा भाइरस सरेकाे बताइँदै आएकाे छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया