लिपुलेक, कालापानीबारे सरकार सजग छ : परराष्ट्रमन्त्री ज्ञवाली

 वैशाख २७, २०७७ शनिबार ७:५३:४४ | रासस
unn.prixa.net

काठमाण्डौ - भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ ।

 भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गर्नुभएको थियो । 

नेपाल सरकार यसबारे जानकार रहे/नरहेको र आगामी कदम के हुने भन्नेबारे प्रश्नमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष आग्रह गरिएको बताउनुभयो ।

 मन्त्री ज्ञवालीले भन्नुभयो, ‘लिपुलेक कालापानीबारे सरकार सजग छ, भारत सरकारबाट स्पष्ट विवरण आएपछि नेपाल सरकारले केकस्तो प्रतिक्रिया दिने भन्ने आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।’ 

यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्शा सार्वजनिक गरेपछि नेपाल सरकारले केहीअघि आपत्ति जनाएको थियो ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाइ यातायातका निमित्त खोलिएको घटनाको विरोध गर्नुभएको छ ।

उहाँले शुक्रबार ट्वीट गर्दै यसबारे अविलम्ब आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गर्नुभएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • Khem Lal

    May 9, 2020, 5:44 p.m.

    भारतले कुनै कदम चाल्दा स्पष्टिकरण नचाहिने अनि नेपालीले चाहिं जे कुराको नि काम बितेपछि स्पष्टीकरण पाएपछि मात्र कामघी बढाउने हो / आफ्नो क्षेत्र हो भने भत्काइदिए हुन्छ, अनि भारत र पाकिस्तानमा जस्तो तारवार लगाउने ....भारत नेपाल आउन जान खुल्ला छ .निश्चित ठाउँवाट मात्र आउन जान दिने हो भने सीमामा यति धेरै समस्या भएर बोल्नु पर्दैन /

  •  0 Reply
  • neta chor desh chhod

    May 9, 2020, 5:44 p.m.

    हा हा हा कस्तो कुरा गर्छ पाजी !!! नत्र बाटो कसरी बन्यो त ? हामी नेपाली नागरिकलाई भनिदिनुस न /

  •  0 Reply
  • Sandeep

    May 9, 2020, 3:38 p.m.

    Rubbish.

  •  0 Reply
  • नरायण प्रसाद शर्मा

    May 9, 2020, 1:19 p.m.

    लिपुलेक हाम्रो हो भन्नै पर्दैन, हो नै तर पटक पटक यसको चर्चा हुन्छ अनि सेलाउछ किन सरकारले यसको यथोचित र दिर्घकालिन निकास गर्दैन ह ? राष्ट्रवादि सरकार भनिएका को यस्तो रवैया नाटक देख्दा देख्दै सबै देश भक्त हामि नेपालि वाक्क दिक्क भै सकियो के हाम्रो जिवनकालमा यसको निकास देखन पाइने होइन ? सरकारलाई केले छेक्यो केको अभाव पर्यो भन्नु पर्यो हाम्रो मातृभूमि को रक्षा गर्न आवस्यक श्रोत साधन को प्रवन्ध सहित ज्यान दिन तयार छौ ! अगुवा गर्ने सहासी नेतृत्व को जरुरत छ यहाँ सके आट गर नत्र अरुलाई मौका देउ टुलुटुलु हेरेर निरिह बनेर नबस यसलाई सानोतिनो समस्या नठान ! अनि यो भुमिमा भएको सडक निर्माणमा भारत र चिन दुवैको भुमिका हुनु पर्ने होईनर किन हामी सधै दक्षिण को मात्र बिरोध गर्दछौ राष्ट्रवादि जनता यो जान्न, बुझन र जुधन चाहानछ्न ! सरकार , हामिलाई यसको बास्तबिक जानाकारि र हालसम्मको यथार्थ प्रगति देउँ तिम्रो कुर्चि सङग हाम्रो देश को राष्ट्रीयता न साट ! जय राष्ट्रवाद ! नारायण प्रसाद शर्मा , बाग्लुङ

  •  0 Reply

तपाईको प्रतिक्रिया