धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
दैलेख – चामुण्डा नगरपालिका–४ सातटाकुरामा सडक खन्ने क्रममा शनिबार साँझ झडप भएपछि एक प्रहरीसहित तीन जना घाइते भएका छन् ।
धनपायाबाट आधिघर हुँदै सातटाकुरा लान भनिए अनुसार नलगिएको भन्ने विषयमा विवादले झडप भएको हो ।
झडपमा २५ वर्षीय प्रहरी जवान भीमबहादुर सुनार, चामुण्डा नगरपालिका–४ सातटाकुराका २८ वर्षीय कमल शाही र ५५ वर्षीय रमेश शाही घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेमध्ये कमल शाहीको उपचार दैलेख जिल्ला अस्पतालमा भइरहेको, रमेश शाही र प्रहरी जवान सुनारको उपचार दुल्लू अस्पतालमा भइरहेको छ ।
विवाद भएको ठाउँमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएको र प्रहरीले २ राउण्ड हवाई फायर गरेपछि मात्र भिड तितरबितर भएको थियो ।
प्रहरीमाथि नै ४०–४५ जना आइलागेपछि इलाका प्रहरी कार्यालय दुल्लूबाट त्यहाँका इञ्चार्ज प्रहरी निरीक्षक हिक्मत बोहोराको नेतृत्वमा गएको थप बलले घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रहरी हवल्दार चन्द्रबहादुर रेउलेको कमाण्डमा रहेको प्रहरी चौकी जम्वुकाँधमा रातिदेखि असई प्रेमप्रसाद शर्मालाई खटाइएको छ ।
कर्णाली प्रदेश सरकारको २५ लाख र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको ५ लाखमा धनपायाबाट सातटाकुरा–नाव सालडाँडा हुदै जंगलसम्म १३ किलोमिटर सडक खन्न रमेश शाहीको अध्यक्षतामा गठित उपभोक्ता समितिको सट्टा अर्को उपभोक्ता समिति पनि नगरपालिकामा दर्ता गराउन ल्याएको विषयमा विवाद सुरु भएको थियो ।
उपभोक्ता समितिको विवाद चर्काउन जग्गाधनी कमल शाहीलाई जग्गा नदिन खोजेका तर उहाँलाई समेत सहमत गराएर सडक खन्न डोजर लगाइरहेको बेला उच्छृंखल व्यक्तिहरुले विवाद निकालेपछि बोलाइएको प्रहरीमाथि आक्रमण भएको नगरपालिका उपप्रमुख तारा शाही खत्रीले बताउनुभयो ।
सुरक्षाका लागि गएको प्रहरीमाथि नै आक्रमण भएको कारण घटनाको अध्ययन र मुद्दा प्रक्रियाका लागि आफू परामर्शमा जुटेको दैलेख प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिनुभयो ।
नगरपालिकाको माग अनुसार सामाजिक दूरी कायम राखी काम सञ्चालन गर्न अनुमति दिइएको पनि प्रमुख जिल्ला अधिकारी कटेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।