विभिन्न देशमा नेपालीलाई कोरोना सङ्क्रमणको दर घट्दै, सबैभन्दा धेरै सङ्क्रमित नेपालीको सङ्ख्या कतारमा

 वैशाख २८, २०७७ आइतबार ११:१७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वका विभिन्न देशमा रहेका नेपालीलाई कोरोना सङ्क्रमणको दर घट्दै गएको देखिएको छ । अघिल्लो हप्ताको तुलनामा नेपालीलाई सङ्क्रमणको दर घट्दै गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएकाे छ ।

यस्तै, विदेशमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै कतारमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म कतारमा २ हजार ३ सय जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । 

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार, नेपाल बाहेक विश्वभर ५ हजार ४ सय ७२ जना  गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।
संक्रमितमध्ये २ हजारभन्दा बढी नेपालीहरु कोरोना निको भएको अनुमान समितिको अनुमान छ ।

स्वास्थ्य समितिका अनुसार नेपाली श्रमिकमा मुख्य श्रम गन्तव्य देश कतारमा २ हजार ३ सय, बहराइनमा २ सय ४५, यूएईमा १ सय ४९, कुवेतमा ७८, साउदी अरबमा ३०, साईप्रसमा ३, मलेसियामा ४९, जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । 

यस्तै अमेरिकामा १ हजार ५ सय, बेलायतमा १ हजार,  पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १२, बेल्जियममा ६, जापानमा १०, स्वीडरल्याण्डमा ५, क्यानाडामा १०, जर्मनीमा ४, फिनल्याण्ड ४, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकंङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ । डा. सापकोटाका अनुसार विदेशमा रहेका नेपाली समुदायमा कोरोना भाइरस संक्रमणको गति अघिल्लो हप्ताभन्दा कम हुँदै गएको छ । 

९ देशमा रहेका ७८ जनाको ज्यान गयो  

समितिले सङ्कलन गरेको तथ्याँकअनुसार शनिबार साँझसम्म कोरोनाका कारण ज्यान जाने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ  । सबैभन्दा बढी बेलायतमा ५१ जनाको ज्यान गएको छ ।

यस्तै अमेरिकामा १५, संयुक्त अरब इमिरेट्स (यूएई)मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन १, स्वीडेन १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. सापकोटाले जानकारी दिनुभयो ।   

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको आँकडा अनुसार ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी  २० देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित छन् । 

स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अनुमानित तथ्याँक सार्वजनिक गर्दै आएको छ ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया