झण्डै एक हप्तादेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा
मंसिर ११, २०८१ मंगलबार
भारतको मुम्बईमा बस्ने दादाराओ बिलहोरेले १६ वर्षीय छोराको सम्झनामा शहरका सडकमा रहेका ५ सय ५६ खाल्डा पुरेका छन् ।
उनका छोरा प्रकाशको सन् २०१५ मा एउटा सडक दुर्घटनामा परि ज्यान गएको थियो । उनको मोटरसाइकल सडकमा भएको खाल्डोमा परि चिप्लिएको थियो ।
दादाराओले सडकमा भएका खाल्डा आफूले देशभरकै खाल्डा नपुरिएसम्म पुर्दै जाने बताएका छन् । बिलहोरेले आफ्नो छोराले जस्तो अरु कसैले भोग्नु नपरोस् भन्ने चाहन्छन् । आइतबारसम्म उनले मुम्बईका सडकमा भएका ५ सय ५६ खाल्डा पुरिसकेका छन्।
बिलहोरेले भारतको जनसंख्या धेरै भएको बताउँदै केवल एक लाखले मात्रै सडकका खाल्डा पुर्न सुरु गर्ने हो भने देशमा एउटा पनि खाल्डो बाँकी नरहेने बताएका छन् ।
यो वर्ष मात्रै वर्षा सुरु भएसँगै मुम्बईमा मात्रै सडकमा रहेका खाल्डाका कारण ६ जनाले ज्यान गुमाएका छन् ।
केही दिनअघि महाराष्ट्र नवनिर्माण सेनाका कार्यकर्ताले सडकमा रहेका खाल्डा जतिसक्दो छिटो पुर्न आग्रह गर्दै राज्य सरकारविरुद्ध प्रदर्शनसमेत गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Saugat Shrestha
Aug. 1, 2018, 11:51 a.m.आइतबारसम्म उनले मुम्बईका सडकमा भएका ५ सय ५६ खाल्डा पुरिसकेका छैन । सम्पादक र डेस्क - भाषा मिलाउनुपर्यो नत्र अर्थको अनर्थ लाग्ने संभावना भयो नि /
एन आर एन न्यौपाने
July 30, 2018, 10:27 p.m.हो यसरी सडकमा भएका खाल्डा पुरने हो भने सडक द्रुघटना कम गर्न सकिन्छ यसमा जनता अनि सरकारको ध्यान केनद्रीत हुनु पर्छ