मलेसियामा थप ३४ जना नेपालीलाई कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

 वैशाख २८, २०७७ आइतबार १८:१४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियामा थप ३४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै मलेसियामा ५४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको मलेसियामा रहेको नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाले जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये तीन जना निको भएका छन् भने ५१ जनाको उपचार भइरहेको पनि उहाँले बताउनुभयो । सङ्क्रमित सबै जना पुरुष रहेका छन् ।

मलेसियामा अहिलेसम्म ६ हजार ६५६ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ५ हजार २५ जना निको भएका छन् भने १५ सय २३ जनाको उपचार भइरहेको छ । अहिलेसम्म १०८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

यस्तै मलेसियामा कोरोना सङ्क्रमण रोकथामका लागि जारी गरेको आवागमन नियन्त्रण आदेश(लकडाउन) चार हप्ता थपिएको छ । यसअघि १२ मेसम्म तोकिएको लकडाउनको समय चार हप्ता थप्दै जुन ९ सम्म लम्बाइएको हो ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया