बजार प्रतिनिधिको पारिश्रमिक कटौती गर्ने र जागिर खोस्ने काम नगर्न आग्रह

 वैशाख २९, २०७७ सोमबार ११:४८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल बजार बिक्री प्रतिनिधि सङ्घले बजार प्रतिनिधिहरुको पारिश्रमिक कटौती गर्ने र रोजगारी खोस्ने काम नगर्न आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष सूर्य पराजुलीले विज्ञप्ति निकालेर कतिपय कम्पनीले पारिश्रमिक कटौती गर्ने र रोजगारी नै खोस्नेसम्मका काम गरेको पाइएकोले त्यसो नगर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको हो । 

कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण सबै क्षेत्रमा समस्या आएकोले बजार प्रतिनिधिहरुको जीवनयापनमै समस्या आउने गरी गतिविधि नगर्न अध्यक्ष पराजुलीको आग्रह छ ।

बजार प्रतिनिधिकै कारण उद्योग प्रतिष्ठानले आफ्नो प्रतिष्ठा जोगाउन सफल भएकोले यस्तो समयमा उनीहरुको तलब कटौती गर्ने, कर्मचारी घटाउनेलगायत गतिविधि आएकोले सबै सेवा सुविधा उपलब्ध गराउन सङ्घले सबै उद्योग प्रतिष्ठानलाई आग्रह गरेको छ । 

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया