बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ - साझा पार्टीले नेपाल र भारतका प्रवुद्ध ब्यक्ति सम्मिलित इपीजीको प्रतिवेदन तत्काल बुझाउन र सार्वजनिक गर्न माग गरेको छ ।
दुई देशबीच सीमा समस्या बढ्दै जाँदा ईको प्रतिवेदन समस्या समाधानका लागि सहयोगी हुने भन्दै साझा पार्टीले प्रतिवेदन बुझ्न र सार्वजनिक गर्न माग गरेको हो ।
साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले विज्ञप्ति निकालेर नेपाल र भारतबीच भएका सहमति, सम्झौता र व्यवस्थापनको पुनरावलोकन गर्ने र बदलिँदो समयको आवश्यकताका आधारमा दुवै सरकारलाई सिफारिस गर्न २०७२ सालमा ईपीजी गठन गरेकोमा इपीजीले काम सकेको २ बर्ष भइसक्दा समेत अझै प्रतिववेदन नबुझाएकाले तत्काल प्रतिवेदन बुझाएर सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभएको हो ।
भारतले प्रतिवेदन बुझ्न अझै पनि ढिलाइ गरे प्रतिवेदन सक्दो छिटो नेपाल सरकारलाई बुझाउनुपर्ने र दुई देशका प्रधानमन्त्रीको निर्देशनमा बनेको त्यति महत्वपूर्ण ऐतिहासिक दस्तावेज यति लामो समयसम्म व्यक्तिको स्वामित्वमा रहन नहुने साझा पार्टीले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिँदा ईपीजीले प्रतिवेदन बुझाउन सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।