बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ – सरकारले ओम्नी ग्रुपबाट खरिद गरिएको स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार नभएको स्पष्ट पारेको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव यादव कोइरालाले कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा कुनै भ्रष्टाचार नभएको दाबी गर्नुभएको हो ।
स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको र अनियमितामा संलग्नलाई कारबाही नभएको भन्दै समिति सदस्यहरुले प्रश्न गरेपछि सचिव यादवले अनियमितता भएको भए छानबिन गर्न पनि चुनौती दिनुभयो ।
महामारीविरुद्ध कसैले पनि अपराध गर्न नसक्ने भन्दै उहाँले सामग्री अभावका कारण उत्पन्न हुन सक्ने भयावह स्थितिको पनि आँकलन गर्न सांसदहरुलाई सुझाव दिनुभयो । उहाँले ओम्नीसँगको सम्झौता बजार मूल्यभन्दा १४ प्रतिशतले बढी भएको भने स्वीकार गर्नुभयो ।
स्वास्थ्यकर्मीका लागि आवश्य व्यक्तिगत सुरक्षा सामाग्रीलगायत परीक्षणका कुनै पनि सामग्री नभएका बेला ओम्नी ग्रुपसँग स्वास्थ्य सामग्री खरिद नगरेको भए भयावह स्थिति सिर्जना हुनेतर्फ पनि गम्भीर बन्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले बिहानदेखि बेलुकासम्म के काम गरिरहेका छौँ, जनतालाई बचाउन । यो कुरा पनि ध्यान दिनुपर्छ । त्यतिखेर के कारणले हामीले गर्याैँ, त्यो पनि हेरौँ ।’
ओम्नीसँगको खरिद सम्झौत रद्द गरे पनि सम्झौताबारे अहिलेसम्म सरकारको तर्फबाट औपचारिक जानकारी आएको थिएन । मिनी संसद्को रुपमा रहेको संसदीय समितिमा सोमबार यसबारे मन्त्रालयका सचिवले स्पष्ट पारेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।