प्रहरीको मान्छे हुँ भन्दै साइबर अपराध गर्ने बढे : प्रहरीको नम्बरमा तत्काल खबर गर्न आग्रह

 वैशाख ३०, २०७७ मंगलबार ८:१७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पछिल्लो समय साइबर अपराध बढ्दै गएकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

नचिनेका मानिसले आफू साइबर अपराध अनुसन्धान तथा साइबर सेक्युरिटिको मान्छे भन्दै व्यक्तिगत सूचना तथा फोटो पठाउन भन्ने गरेको पाइएकाले सचेत रहन प्रहरीले आग्रह गरेको हो ।

अहिले कतिपय मानिसले आफू प्रहरीको मान्छे भन्दै अपराध गरिरहेकाले नचिनेका मानिसको त्रासमा नबस्न पनि प्रहरीले आग्रह गरेको छ । प्रहरीले कसैले दुख दिए वा धम्काए नजिकैको प्रहरी कार्यालय वा साइबर व्यूरोमा सम्पर्क गर्न भनेको छ । यस्तै मोबाइल नम्बर ९८५१२८६७७० र ९८५१२८६७७१ मा सम्पर्क गरेर आफ्ना समस्या टिपाउन पनि प्रहरीको अनुरोध छ ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया