बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ - लकडाउनका कारण दूध र दुग्धजन्य वस्तुको खपतमा कमी आएको छ ।
दही, पनीर, चिज र मिठाइहरुको खपत नहुँदा दुग्ध पदार्थ बिक्री वितरणमा असर देखिएको छ । सामान्य अवस्थामा दैनिक ९० हजार लिटर दूध खपत हुँदै आएकोमा अहिले ७५ हजार लिटर मात्रै खपत हुँदै आएको दुग्ध विकास संस्थान डिडिसीले जनाएको छ ।
समग्रमा दुग्धजन्य वस्तुको खपत २९ प्रतिशतले घटेको छ । किसानबाट नियमित रुपमा दूध संकलन गरिएको तर खपत कमि भएको संस्थानका महानिर्देशक रुद्रप्रसाद पौडेलले बताउनुभयो । दूधको खपतमा कमी आउँदा समयमा किसानलाई भुक्तानीको गर्न पनि समस्या भएको उहाँको भनाई छ ।
कोल्ड स्टोर भरी हुँदा संस्थानलाई बटर राख्न समेत समस्या भएको छ । यसैबीच अरु बेला २३ लाख बराबरको बिक्री हुँदै आएकोमा साेमबार २० लाख बराबरको दुग्धजन्य वस्तु खपतमा कमी आएको डिडिसीले जनाएको छ ।
सरकारले आइतबारदेखि टाइमकार्ड लागू गरेपछि दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा समस्या भएको डिडिसीका महानिर्देशक पौडेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।