आज विश्व नर्सिङ दिवस : विपदमा खटिरहेका नर्सलाई सम्मान

 वैशाख ३०, २०७७ मंगलबार ९:२८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज मे १२ तारिख अर्थात् विश्व नर्स दिवस नेपालमा पनि कोरोनाविरुद्ध चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

विश्वव्यापी महामारीको यो बेला नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको छ । शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ ।

आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ । ‘लेडी विद् दि ल्याम्प’को उपनामले परिचित नाइटिङ्गेल सन् १८२० मा ब्रिटेनमा जन्मिनुभएको थियो ।

नाइटिङ्गेलले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज संचालन गर्नुभएको थियो जुन नर्सिङ क्षेत्रमा आधुनिक र व्यवसायिक नर्सिङ सेवाको रुपमा मानिन्छ । अन्तराष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको हो ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Deni Gurung(Gyapring)

    May 12, 2020, 8:15 p.m.

    विश्व नर्स दिवस सबै नर्सहरुलाई विशेष सम्झना र सलाम ❤️ नर्सहरु परी त नहोलान तर परीभन्दा कम छैनन् । अझ यस्तो जटिल परिस्थितिमा अहोरात्र कर्तव्यमा खटिने नर्सहरुलाई धन्यवाद दिन कुनै शब्द पर्याप्त नहोला । “नर्सहरुको चूपचाप उपस्थितीले पनि छेउको बिरामीलाई छुट्टै आराम मिल्दछ ।” बिपतको यो विषम परिस्तिथिमा दिनरात नभनी खटिरहनु भएको हाम्रो अग्रपंक्तिका योद्धा नर्सहरु लाइ वोर्ल्ड नर्स डे २०२० को शुभकामना. Happy International Nurses Day! To nurses across the world, thank you, this day is for you. #WORLD_NURSE_DAY_2020

  •  0 Reply

तपाईको प्रतिक्रिया