रातको समयमा भारतीय प्रहरीले १५ नेपालीलाई सीमा पार गरायो

 बैशाख ३०, २०७७ मंगलबार ११:५६:५६ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - भारतको दिल्लीबाट जोगवनी आइपुगेका १५ जना नेपालीलाई भारतीय सुिरक्षाकर्मीले मध्यरातमा नेपाल प्रवेश गराइदिएका छन्  । 

भारतीय सुरक्षाकर्मीले सोमबार राति १५ जना नेपालीलाई विराटनगरको रानी नाकाबाट नेपाल प्रवेश गराइदिएका हुन् । दिल्लीबाट विभिन्न साधनको प्रयोग गरी जोगवनी आइपुगेका उनीहरुलाई मध्यरातमा भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गराएको हो ।

त्यसरी आइपुग्नेमा मोरङ, सुनसरी र झापा ठेगाना भएका युवकहरु रहेका छन् । दिल्लीबाट पैदल र ट्रकको सहायतामा आउने ११ जना छन् । उनीहरुले दिल्लीबाट रानी आइपुग्न ११ दिन लागेको बताए । रानी आइपुगेपछि राति भारतीय प्रहरीले नेपाल पठाइदिएको उनीहरुले जानकारी दिए ।

चारजना भने विहारको छप्राबाट साइकलमा चार दिन लगाएर आएका हुन् । नेपाल प्रवेश गरिसकेका कारण उनीहरुलाई अहिले प्रहरीले रानीमा रोकेर राखेको छ ।  
भारतबाट राति नेपाल भित्रिएका १५ जनालाई सम्बन्धित पालिकामा पठाएर क्वरेण्टीनमा राख्ने तयारी भइरहेको मोरङका प्रमुखद जिल्ला अधिकारी मनोज भुजेलले जानकारी दिनुभयो । 

झापा र सुनसरीका युवालाई ती जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित पालिकालाई सिफारिसु सहित लिन आउन भनिएको र मोरङकाहरुको हकमा क्वरेण्टीनमा पठाइने भुजेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया