बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ - नेप्से परिसूचक २ दशमलव ०२ प्रतिशतले घटेसँगै मंगलबारको सेयर कारोबार स्थगित भएको छ ।
५० दिनपछि खुलेको बजार २ प्रतिशत भन्दा धेरैले घटेसँगै कारोबार सुरु भएको झण्डै साढे १ घण्टामै बन्द भएको हो । लकडाउनका कारण अर्थतन्त्रमा समस्या परेकाले शेयर बजार तीव्र गतिले घट्ने अनुमान गर्दै २ प्रतिशतभन्दा बढीले तल माथि भए कारोबार बन्द गर्ने निर्णयसहित मंगलबारदेखि कारोबार सुरु गरिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
आज नेप्से परिसूचक २५ दशमवल ३ अंकले घटेर १२ सय २६ दशमलव १५ अंकमा झरेको छ ।
साढे १ घण्टाको कारोबारमा १० करोड ४३ लाख रुपैयाँ बराबरका १ लाख ६ हजार कित्ता सेयर किनबेच भएका छन् । मंगलबार सबै सबै उपसूचकहरु घटेका छन्। कारोबार भएका सबै कम्पनीको सेयर मूल्य घटेको छ। बैंकिङ र बीमा सूचक सबैभन्दा धेरै घटेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।