'सार्वभाैमसत्ता सम्पन्न देशलाई हेप्ने भारतीय प्रवृत्तिकाे अन्त्यका लागि प्रभावकारी कदम चालियाेस्'

 वैशाख ३०, २०७७ मंगलबार १४:३५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सांसदहरुले नेपालको सुदूरपश्चिममा भारतीय पक्षबाट गरिएको सीमा अतिक्रणविरुद्ध प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

विगत लामो समयदेखि भारतीय पक्षबाट भइरहेको नेपालको सीमा अतिक्रमणको दीर्घकालीन समाधान निकाल्न नसक्दा अतिक्रमण बढ्दै गएको भन्दै सांसदहरुले प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा बोल्दै सांसदहरुले सीमा अतिक्रमणको विषयलाई लिएर अन्तर्राष्ट्रिय अदालत जान पनि सुझाव दिएका छन् । 

धर्मशीला चापागाईँले भारतबाट नेपालको सुदूरपश्चिममा भूभाग अतिक्रमण भएकोप्रति खेद प्रकट गर्दै सुदूरपूर्वमा पनि केही समयपछि त्यही स्थिति आउने सम्भावना देखिएको बताउनुभयो । मेचीलाई सिमाना मान्न नसकिने कुरा आइरहेकाले सीमा विवादको दीर्घकालीन समस्या समाधान खोजिनुपर्ने उहाँले तर्क गर्नुभयो ।

सांसद नन्दबहादुर रोका क्षेत्रीले भारतले पटक पटक नेपाललाई दुःख दिने गरेको भन्दै सार्वभौमसत्ता सम्पन्न देशलाई हेप्ने भारतीय प्रवृत्तिको सधैँको अन्त्यका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद नारायणप्रसाद मरासिनीले सीमा अतिक्रमणविरुद्ध सरकारले चालेकाे कदमको प्रशंसा गर्दै सीमा क्षेत्र सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउन माग गर्नुभयो । उहाँले सीमा विवाद नेपाल सरकारको कुटनीतिक पहलबाट मात्रै समाधान हुने नदेखिएकाले चीनसँगको त्रिदेशी समझदारीमार्फत भूमि संरक्षण गर्न र लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको नक्सा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया