कोरोनालाई नजरअन्दाज गर्दै नीति र सिद्धान्त ल्याइयो : कांग्रेस सांसद कार्की

 वैशाख ३०, २०७७ मंगलबार १५:२०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोरोनालाई नजरअन्दाज गर्दै नीति र सिद्धान्त ल्याएको बताउनुभएको छ ।

पूर्व अर्थमन्त्रीसमेत रहनुभएका कार्कीले मानव जीवनको रक्षा गर्दै सिद्धान्तहरु आउनुपर्ने भए पनि कोरोनालाई नजरअन्दाज गरेर परम्परागत ढङ्गबाट सिद्धान्त र प्राथमिकताहरु आएको बताउनुभयो । नेपाली जनताको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा लगानी गर्दै नेपाली अर्थतन्त्र चलायमान बनाउने अवस्थामा सरकारले त्यसो गर्न नसकेको उहाँले बताउनुभयो । 

सरकारले अघि सारेका सिद्धान्त र प्राथमिकताका कारण देशको अर्थतन्त्र धराशायी बन्ने र नेपालीको जीवन कष्टकर हुन सक्ने चेतावनी उहाँले दिनुभयो । आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा आफ्नो धारणा राख्दै उहाँले फागुनसम्म विकास खर्च २५ प्रतिशतमात्रै हुनु अहिलेको सरकारको ठूलो असफलता भएको बताउनुभयो । 

सरकारको खर्चमा शिथिलता, निजी क्षेत्रप्रतिको अविश्वास र बढ्दो भ्रष्टाचारका कारण नेपाली अर्थतन्त्र खस्कँदखै गएको उहाँले बताउनुभयो । निर्वाचनको समयमा स्थिर सरकार र सुखी नेपाली समृद्ध नेपालको नारा दिए पनि तेस्रो बजेट ल्याउने तयारी हुँदासमेत राष्ट्रिय गौरवका योजनाहरुको प्रगति शून्यप्रायः रहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया