बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रलाई केन्द्रमा राखेर बजेट आउनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा नेता रावलले कोरोनाको सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा सिद्धान्त र चुनौतीहरु केन्द्रित गरी बजेट ल्याउनुपर्ने बताउनुभएको हो ।
देश र जनता सुरक्षित नभइ कुनै पनि काम अगाडि बढ्न नसक्ने उल्लेख गर्दै रावलले नेपालको भूमि भारतले अतिक्रमण गरेको विषयमा पटक-पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको बताउनुभयो । आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सिद्धान्तका छलफलमा आफ्नो धारणा राख्दै रावलले कालापानी क्षेत्रको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउने विषयमा उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
त्यहाँ सडक निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिनुपर्ने भए पनि अहिलेम्म कुनै काम सुरु नभएको उहाँले बताउनुभयो । पञ्चायत कालमा समेत दार्चुलाको सीतापुलमा भारतीय र तिंकरमा चीनसँगको भन्सार बिन्दु सञ्चालन रहे पनि अहिले सबै बन्द रहेको तर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कोरोना सङ्क्रमण रोक्ने सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको व्यवस्थापन नै हुन नसकेको भन्दै रावलले भौतिक संरचना निर्माणलगायत व्यक्तिगत आवश्यक उपकरणहरुको प्रबन्ध गर्ने नीति अघि सार्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कालापानी क्षेत्रमा नेपाली सेनालाई सडक निर्माण गर्ने जिम्मेवारी दिनुपर्ने थियो भन्ने कुरा बुझेका हौँ । तर अहिलेसम्म काम सुरु भएको छैन । सीतापुलमा भारत र तिंकरमा चीनसँगको भन्सार पञ्चायतकालमासमेत सञ्चालनमा थियो । नीति र सिद्धान्त राष्ट्रिय सुरक्षामा केन्द्रित हुन्छ भने यी कुराहरुलाई केले रोकेको छ ।’
ग्रामीण क्षेत्रमा उत्पादन हुने तरकारी सडेर जाने अवस्थामा भारतबाट ट्रकका ट्रक नेपाल भित्रिरहेको उल्लेख गर्दै रावलले बजेटमा यी कुराहरु समेट्न गम्भीरता देखाउनुपर्ने बताउनुभयो ।
सरकारले समाजवाद उन्मुख अर्थतन्त्र र कल्याणकारी राज्यको सिद्धान्तको अवधारणा अघि सारे पनि व्यवहारमा दलाल, नोकरशाही र पुँजीपतिहरुलाई प्रसय दिइएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।