बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
गुल्मी - धुर्कोट गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई अनुदान दिने घोषणा गरेसँगै गाउँपालिकाभित्र बाँझो जमिनलाई खेतियोग्य बनाउने कार्य सुरु गरिएको छ ।
धुर्कोट गाउँपालिका-२ पिपलधारामा रहेको पिपलधारा सिकर्मी/डकर्मी बहुउद्देश्य सहकारी संस्थाले दुई सय ६० रोपनी बाँझो जमिनलाई खेतीयोग्य बनाउन लागेको हो ।
गाउँपालिकाले केही हप्ताअघि खाद्यान्न अभाव हुन नदिन दुई वर्षदेखि बाँझो रहेको जमिनमा खेती गर्ने किसानलाई अनुदान दिन निर्णय गरेपछि सहकारीले २६० रोपनी जग्गालाई १५ वर्ष भाडामा लिएर खेती गर्न सुरु गरेको हो ।
२०० रोपनीमा ६ हजार कागती खेती गर्ने कार्यको सुरु भइसकेको छ । त्यस्तै ३० रोपनीमा तरकारी र मसलेदार खेती, ३० रोपनीमा ओखर, सुन्तलालगाायतका अन्य फलफुल खेती तथा ४ रोपनी जग्गामा गोठ तथा खोरको फार्म निर्माण गरी ५ भैँसी र ६० बाख्रा खरिद गरिएको छ भने फार्ममा १० भैँसी र १०० बाख्रा पुर्याउने लक्ष्य रहेको सहकारीका अध्यक्ष ज्ञानबहादुर विश्वकर्माले बताउनुभयो ।
गएकोत पुस महिनामा धुर्कोट गाउँपालिकामा दर्ता भएको पिपलधारा सिकर्मी डकर्मी बहुउद्देश्य सहकारी संस्थामा ४२ जना सेयर सदस्य रहेका छन् । जसमा ८० प्रतिशतभन्दा बढी व्यक्तिहरु दलित समुदायका छन् । बाँझो जग्गामा खेती गर्नका लागि सहकरीमा ५ जना व्यक्तिले झण्डै ५० लाख बराबरको लगानी गरेका छन् ।
६ हजार कागती खेती गर्नका लागि सहकारीले १०० भन्दा बढी व्यक्तिहरुलाई दैनिक ५०० देखि १००० सम्मको ज्याला दिने गरी कामसमेत दिएको छ । विगत १० वर्षदेखि बाँझो रहेको जमिन विभिन्न बोट बिरुवाहरुले जङ्गल जस्तै बनिसकेको थियो ।
कृषि ज्ञानकेन्द्र गुल्मीबाट अनुदान पाएको सहकारीले बाँझो जग्गामा खेती गरेबापत गाउँपालिकाको निर्णय अनुरुप सुन्तला, कागतीलगायतका अन्य फलफुलको खेती गरेबापत प्रतिरोपनी ३ हजार र अन्नबाली, तरकारीबाली तथा मसलेदार खेती गरेमा ४ हजार दिने निर्णय भए अनुरुप सहकारीलाई अनुदान उपलब्ध गराइने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो।
गाउँपालिकाले अनुदान दिने भएपछि बाँझो जग्गामा कागती, सुन्तला तथा बाख्रापालन, भैँसीपालनलगायतका अन्य कृषि कार्यतर्फ मानिसहरु उत्प्रेरित बनेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।