बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
लकडाउनकाे – लकडाउनको मौका छाेपेर काठमाण्डौ महानगरपालिकाको प्रहरीले सडक सफाइ सुरु गरेको छ । मङ्गलबार माईतीघरमा नगर प्रहरी सडकको दायाँ–बायाँ किनारा र बीचमा बढेका बोटबिरुवाको हाँगा छाँटकाट गर्ने र झार उखेलेर सडकलाई चिटिक्क बनाउने अभियानमा जुटेका थिए ।
लकडाउन सुरु भएसँगै कोरोना सङ्क्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, ब्रुमरले सडक सफा गर्नेजस्ता कार्य गर्दै आएको काठमाण्डाै महानगरपालिकाले थालेको यो अभियानमा मङ्गलबार झण्डै ४० जनाको हाराहारीमा नगर प्रहरी सामाजिक दुरी कायम गर्दै सरसफाइ अभियानमा सक्रिय भए ।
लकडाउनसँगै सडक किनारा र बीचका बोटबिरुवाको हाँगा बढेर सडकको सौन्दर्य बिगारेपछि हाँगा छाँटकाट गर्ने, झार उखेल्ने, मरेका बोटबिरुवा उखेल्नेजस्ता कामको थालनी गरेको नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिनुभयो ।
‘पहिलो चरणमा अरनीको राजमार्ग अन्तर्गत माईतीघर मण्डलादेखि तीनकुनेसम्मको क्षेत्रमा पर्ने सडकको दायाँ–बायाँ किनारा र बीचमा बढेका बोटबिरुवाको हाँगा छाँटकाट गर्ने, झार उखेल्ने र सडकको सौन्दर्यलाई कायम राख्ने योजनाका साथ अघि बढेका छौँ,’ सापकोटाले भन्नुभयो, ‘अहिले लकडाउन केही खुकुलो भएसँगै गाडीहरुले लतारेका बोटबिरुवाका हाँगा छाँटकाँट गर्ने, सुकेका हाँगाहरु झिक्ने, मरेका बिरुवा उखेल्नेलगायतका काम गरेका छौँ ।’
सापकोटाले लकडाउनको अवधिमा सडकहरु बेवारिसे छाड्दा शहरी सौन्दर्यता नै बिग्रिने भएकाले सरसफाइको कामलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । आइल्याण्डमा समेत बिरुवा बढेर शहरी सुन्दरता बिग्रिएका कारण विभिन्न कार्यक्रम गर्दै आएको सापकोटाले जानकारी दिनुभयो ।
‘यसअघि शहरलाई नै कुरुप बनाउने गरी जथाभाबीरुपमा राखिएका १३ हजारभन्दा बढी साना बोर्ड, ४४ वटा ठूला होर्डिङ बोर्ड हटाइसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले ९ मिटरमाथिको सडकका सबै होर्डिङ बोर्ड क्लियर गरेका छौँ । अब साना सडकमा छिर्छाैँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।