बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
भक्तपुर - विभिन्न ढुवानीका साधन र अन्य साना सवारी साधनले पूर्वका विभिन्न जिल्लाबाट यात्रु बोकेर साँगामा ल्याई छाड्छन् र उनीहरु भक्तपुर छिर्छन् भन्ने गुनासो बढ्यो ।
काभ्रे नाकाबाट भक्तपुर हुँदै उपत्यका छिर्ने मानिसको सङ्ख्या बढेको गुनासो आएपछि जनप्रतिनिधि र प्रहरीको संयुक्त टोलीले साँगामा रहेको काभ्रे र भक्तपुरको सीमा नाका अनुगमन गरेको छ ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतको नेतृत्वमा महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशी र जनप्रतिनिधि र सञ्चारकर्मीको टोलीले साँगामा अनुगमन गरेको छ ।
पूर्वबाट आउने सवारी साधनले यात्रु बोकेर साँगा नाका हुँदै भक्तपुर प्रवेश गर्ने र कतिपय सवारी साधनले साँगामा यात्रु ल्याएर छोड्ने गरेको गुनासो आएपछि अनुगमन गरेको उप्रमुख बस्नेतले बताउनुभयो ।
अनुगमनको क्रममा सरकारी नम्बर प्लेटका सवारी साधनले नै नियम उल्लङ्घन गरेको पाइएको उपप्रमुख बस्नेत बताउनुहुन्छ । तोकिएको समयभन्दा फरक समयमा ढुवानीका साधन र सरकारी नम्बर प्लेटका सवारी साधन निर्बाध रुपमा सडकका चलेको देखिन्थे । अनुगमनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मोटरसाइकलदेखि प्रत्येक सवारी साधनलाई रोकेर पासलगायतका कागजपत्र हेर्नुका साथै अन्य सोधपुछ गरेको देखिन्थ्यो ।
सरकारी नम्बर प्लेटका सवारी साधनले अनावश्यक मान्छेसमेत बोकेर आएको पाइयो । कतिपय सरकारी नम्बर प्लेटका सवारी साधनमा सपरिवार देखिन्थे । उपमेयर बस्नेतले सिन्धुली र धुलिखेलमा याताययात रोक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
विभिन्न जिल्लाबाट मानिसहरु उपत्यका भित्रिने क्रम बढेपछि उपत्यकाका नाकाहरुमा थप कडाइ गर्न माथिल्लो निकायले निर्देशन दिएपछि साँगामा पनि कडाइ गरिएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिनुभयो ।
उहाँले यात्रु बोकेर आउने सवारी साधनलाई साँगाबाटै फर्काउने गरेको दाबी गर्नुभयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम कम गर्न एक जिल्लाबाट अर्को जिल्लामा मानिसको आवागमनलाई रोक्न कडाइ गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।