काठमाण्डौ उपत्यकामा तीनसहित एकैदिन ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि

 बैशाख ३०, २०७७ मंगलबार २२:४२:३४ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - नेपालमा एकैदिन ८३ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले बेलुकी काठमाण्डौका एक तथा भक्तपुरका दुई र अन्य २३ गरी २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौमा गरिएको परीक्षणमा पर्साका १२ पुरुष र ६ महिला गरी १८ जना, महोत्तरी, धनुषा र भक्तपुरमा दुई-दुई जना तथा काठमाण्डौ र सर्लाहीमा एक-एक जना गरी २६ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि आज दिउँसो पर्सामा दुई पत्रकारसहित ३९ जना, रुपन्देहीका ९ जना, कपिलवस्तुका ८ जना र बाराका एक जना गरी ५७ जनामा कोरोना पुष्टि भएको थियो। 

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २१७ पुगेको छ । अहिलेसम्म उपचारपछि ३३ जना निको भएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

मन्त्रालयका अनुसार मङ्गलबारसम्म पीसीआर विधिबाट १८ हजार ९ सय ६४ र आरडीटी विधिबाट ५९ हजार ६ सय २७ जनाको नमुना परीक्षण गरिएको छ।

यस्तै २ सय २८ जनालाई आइसोलेशनमा र १२ हजार सात सय ८५ जनालाई क्वरेण्टीनमा राखिएको छ।

अन्तिम अपडेट: चैत १२, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

1 Comments

  • Dipak Sapkota

    May 13, 2020, 7:32 a.m.

    अब नेपाल र नेपालीवाट पर जानुस कोभिद १९ .

  •  0 Reply

तपाईको प्रतिक्रिया