पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
रुपन्देही - रुपन्देहीका सात पालिकामा आवतजावत बन्द गरिएको छ ।
भारतसँंग सीमा जोडिएका पालिकामा आवतजावत बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकृत जनक थापाले जानकारी दिनुभयो ।
रुपन्देहीमा २ दिनको अवधिमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जेठ ५ गते सम्मका लागि यस्तो निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला सुरक्षा समिति र सीमा क्षेत्रका स्थानीय तहका प्रमुखहरुको बैठकले लुम्बिनी सांस्कृितक नगरपालिका , सम्मरीमाई , कोटहीमाई , मर्चवारी , मायादेबी , रोहिणी गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाका सीमा क्षेत्रमा आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो ।
रुपन्देहीमा भेटिएका कोरोना संक्रमित सबै सिमावर्ती मर्चवार र लुम्बिनी क्षेत्रका रहेका छन् । रुपन्देहीमा कोरोना संक्रमित १६ मध्ये १ जना निको भएर मंगलबार बेलुका बुटवलको कोरोना विशेष अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।