सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

 बैशाख ३१, २०७७ बुधबार १४:५३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाक्नुभएको छ । प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई आज दिउँसो साढे ४ बजे बालुवाटार बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो ।

बैठकमा भारतले नेपाली भूमि लिपुलेक हुँदै बाटो बनाएपछि भारतसँग कसरी कुरा गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले राय लिनुहुनेछ । पटक पटक कुटनीतिक नोट र वार्ताको लागि पत्र पठाउँदा पनि भारतले नटेरेपछि के गर्ने भन्नेबारेमा उहाँले सत्ता पक्ष र विपक्षी दलका नेताहरुको धारणा लिनुहुनेछ ।

यस्तै कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा अब चालिने कदमबारे पनि बैठकमा छलफल हुनेछ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • sunil chaudhari

    May 14, 2020, 2 p.m.

    कति बैठक मात्र बस्ने हो र अब पनि ?? सबैलाई थाहा नै छ भारतले सीमा मिचेको भन्ने कुरा , होइन र ? अझै पनि बैठक नै बस्दै गर्नु ? कहिलेकाही त मुलुकको हितमा पनि सोच्नु न /

  •  0 Reply

तपाईको प्रतिक्रिया